बेलाैरीमा थारूकल्याणकारिणीद्वारा टेसर माघ म्याला अाज देखि शुरू

बेलाैरी,
बेलाैरीमा थारूकल्याणकारिणीद्वारा टेसर माघ म्याला अाज देखि शुरू भएको छ ।

अाज २७ र भोलि २८ गते दुई दिन बेलाैरीको खुल्ला मञ्चमा थारु समुदायको लोक संस्कृति कला संरक्षण गर्नका लागि मेला आयोजना गरिएको हो ।

पुर्वमन्त्री बिना मगरले मेला उद्घाटन गर्दै पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिईन । पुर्वमन्त्री मगरले मेला महोत्सवबाट थारु समुदायको लोपभईरहेको संस्कृति संरक्षणका साथै जोर्गेना हुने बताईन ।

कार्यक्तममा बेलौरी नगरका मेयर पोतिलाल चौधरीले मेला महोत्सवबाट थारु समुदायको संस्कृति संरक्षण हुने बताए । थारु कल्याणकारिणी सभा कञ्चनपुरका अगुवा चौधरीले थारु समुदायको माघमा मनाईने माघीलाई थप बनाउनका लागि कार्यक्रम गरिएको बताए ।

दुइदिन लाग्ने मेलामा थारू राष्ट्रिय कलाकार मोडेल अन्जु कुस्मी, शालिकराम चाैधरी, अार के थारू, लक्ष्मी राना लगायत स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने अायोजकले जननएको छ ।

कार्यक्रमको सह-अायोजक बेलाैरी नगरपालिका रहेको छ भने थारूकल्याणकारिणी सभा बेलाैरीले मेला अायोजना गरेको हो । कार्यक्रमलाई भब्य सभ्य बनाउन थारू अगुवाहरू सकृय भएका छन् । उनीहरूका अनुसार थारू संस्कृति जगेर्नाका निम्ति यस्ता कार्यक्रम अायोजना पुराना बर्षहरू देखि गर्दै अाएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित