२७ जनाले रक्तदान गर्दै टेसर बेलाैरी माघ म्याला भव्यताका साथ सम्पन्न 

20
VIEWS

बेलाैरी,

हिजो बुधबार देखि बेलाैरीको खुल्लामञ्चमा थारु समुदायको लोक संस्कृति कला संरक्षण गर्नका लागि शुरूभएको टेसर बेलाैरी माघ म्याला भव्यताका साथ अाज सम्पन्न भएको छ ।


मेलामा २७ जना रक्तदाताहरूले रक्तदान गर्दै टेसर बेलाैरी माघ म्याला भव्यताका साथ सम्पन्न भएको थारूकल्याणकारिणीका जिल्ला सचिव रेशम चाैधरीले जानकारी गराउनु भयो ।


उहाँका अनुसार “म्याला सफल पारक लाग सहयोग करुइया ,सास्कृतिक नाच तथा झाकी टोली,स्थानीय तथा राष्ट्रिय कलाकार,रक्तदान दाता, सुरक्षाकर्मी,अतिथि गण ,पत्रकार,स्वयंसेवक व विशेष बेलौरी नगरपालिका ह  आयोजक व  मोर व्यक्तिगत तर्फ से हार्दिक धन्यवाद कह चाहतु ।”


समापन कार्यक्रममा थारू कल्याणकारिणी सभापति खडक बहादुर चाैधरीको सभापतित्वमा बेलाैरी नगर प्रमुख पोतिलाल चाैधरी प्रमुख अतिथि रहनु भएको थियो ।

मेयर चाैधरीले सबै जातजाति धर्म संस्कृति जगेर्नामा पालिका लागि पर्ने बताए । सबै समुदायको अा-अाफ्नै संस्कृति रितिरिवाज भएको र सबै पक्षले एकअर्काको संस्कृति लाई सम्मान गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

मेलामा थारू राष्ट्रिय कलाकार मोडेल अन्जु कुस्मी, शालिकराम चाैधरी, अार के थारू, लक्ष्मी राना लगायत स्थानीय कलाकारहरूको माैलिक प्रस्तुति रहेको थियो ।

कार्यक्रमको सह-अायोजक बेलाैरी नगरपालिका रहेको थियो भने थारूकल्याणकारिणी सभा कञ्चनपुरले मेला अायोजना गरेको हो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार