कञ्चनपुर,
आइतबार पोखरा सेतीखोचमा भएको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगर निवासी आमाछोराको निधन भएको छ ।
यती एयसलाईन्सको ९ एनएएनसी जहाज दुर्घटना दुर्घटनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर भट्ट परिवारका आमाछोराको निधन भएको हो । उता आमा छोराको निधनसंगै भट्ट परिवार शोकमा डुबेको छ ।
जेष्ठ नागरिक समेत रहेकी माया भट्ट कोपिला नाती र बुहारी गुमाएको पीडाले विक्षिप्ती भएकी छिन । उनलाई सम्झाई बुझाई गर्न आफन्त घरमा पुगिरहेका छन ।
भट्टको महेन्द्रनगर घरमा आमा माया भट्ट बस्दै आएकी छिन । समाजसेवी एव काँग्रेस नेतृ समेत रहेकी मायालाई सम्झाई बुझाई गरिरहेका छन । भने आफन्त घरपसल अगाडी जम्मा भएर दुख व्यक्त गरिरहेका छन । भट्ट परिवारको एक कोपिला सहित आमाको निधनले भट्ट परिवार, आफन्त, ईष्टमित्र शोकाकुल भएका छन ।
अकल्पनीय घटनाले देशै रुवाईरहेका बेला भट्ट परिवारमा बजप्रात भएको छ । सञ्जिवचन्द्रका सन्तान अध्ययनमा अब्बल थिए । छोरी जस्तै दुवै छोरालाई समेत राम्रो शिक्षा दिलाउने सञ्चिवको सपना सेतीखोचमा बिलाएको छ ।
महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जिवचन्द्र भट्टकी धर्मपत्नी ५० बर्षिया सुष्मा पाण्डे(भट्ट) र कान्छा छोरा १६ बर्षिया स्लक भट्टको निधन भएको छ । ४ चालक दलका सदस्य सहित ६८ यात्रु बोकेर काठमाण्डौँदेखि बिहान १०ः ३२ मा पोखराका लागि उडेको हवाईजहाज १०ः५० मा दुर्घटना भएको थियो ।
उक्त जहाजमै महेन्द्रनगरका स्थानीय सुष्मा र स्लक पनि सवार थिए । महेन्द्रनगरमा पशुपति ईम्पोरियमका संचालक सञ्जिवचन्द्र भट्टका कान्छा छोरा स्लक यस बर्ष मात्रै उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौँ गएका थिए ।
मृतक सुष्माका कान्छा ससुरा यज्ञराज भट्टले महेन्द्रनगरको सार्कबाट ०७८ सालमा एसईई उर्तिण गरेर उच्च शिक्षा अध्ययनका लागि स्लक यही बर्ष काठमाण्डौँ गएको बताए । स्लक कक्षा ११ मा काठमाण्डौँको सेन्टजेभिएस विद्यालयमा अध्ययनरत थिए ।
‘भजित सञ्जिवचन्द्रका जेठा छोरा आर्शिवाद पनि उतै काठमाण्डौँमै अध्ययन गर्दै आएका छन, ‘उनले भने, ‘यस बर्ष कान्छो नाती पनि अध्ययनका लागि उतै गएको थियो, उनीहरुलाई हेरचाह गर्नका लागि बुहारी सुष्मा पनि काठमाण्डौँ नै गएकी थिईन । केही दिन पहिले ५ पुषमा भतिजा सञ्जिव पनि घरबाट उतै(काठमाण्डौँ) गएका थिए ।’
सञ्जिवका बहिनी ज्वाँई प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी तत्तकालिन गण्डकी प्रदेश प्रहरी प्रमुखमा कार्यरत थिए । सञ्जिवकी बहिनी दिपा भट्ट(जोशी)पनि उतै पोखरामा बस्ने भएकाले माघीका लागि उनीहरु समेत भेटघाटका लागि जान लागेका थिए । सञ्जिव २८ पुषमै काठमाण्डौँबाट पोखरा गएका थिए ।
‘नाती स्लकको विद्यालयको आन्तरिक परीक्षा ३० पुषमा सकियो, नाती र बुहारीपनि आइतबार बिहानै उडेका थिए, उता सञ्जिव श्रीमती र छोराको पखाईमा थिए, एक्कासी जहाज दुर्घटनाको खबरले स्तब्ध नै बनायो ।’ अब नाती र बुहारीको सास पाईने आश छैन । लाशै पाईएपनि हुन्थो ।’
सञ्जिवचन्द्रका जेठी छोरी निधी भट्ट डाक्टर र कान्छी छोरी युक्त भट्ट ईन्जिनियर हुन । भने जेठा छोरा आर्शिवाद भट्ट पनि आईएस्सी अध्ययन गर्दैछन । परिवार स्रोतका अनुसार मृतक सुष्मा र स्लकको शव पहिचान भएको छ । महेन्द्रनगर घरमै ल्याएर महाकालीमा अन्त्येष्टी गरिनेछ ।
यस अघि सोही विमानले डेमो परीक्षण गरेको थियो । चालक दलका कमल केसी, अन्जु खतिवडा, सृजना होगचुन, ओसिन आले(मगर) थिए । सरकारले माघ २ गते राष्ट्रिय शोक विदा दिएको थियो । कञ्चनपुर उद्योग वाणिज्य संघले समेत सोमबार दिउँसो १२बजेसम्म सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेको थियो । घरेलु हवाई उडान मध्ये ठुलो दुर्घटना भएपछि देशै शोकमा डुबेको छ ।
यसैविच सोमबार शोकाकुल भट्ट परिवारलाई मुख्यमन्त्री राजेन्द्र सिह रावल, भौतिक पूर्वाधार मन्त्री खगराज भट्ट लगायतका मन्त्री संसदले भेटघाट गर्दै सान्त्वना दिएका छन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता भुवन सिह विष्टले शोकाकुल भट्ट परिवारलाई मुख्यमन्त्री रावल र भौकि पूर्वाधार मन्त्री भट्टले घरमै गएर भेटघाट गरेको बताए । भावि दिनमा बिना दुर्घटना न्यूनिकरणका लागि समेत स्थानीयले माग गर्दै आएका छन ।
Discussion about this post