बेलडाँडी ३ का थारु समुदायले अाज मनाए माघी मिलन कार्यक्रम

163
VIEWS

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिका  वडा नं. ३ मा अाज माघी मिलन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

मंगलबार बेलडाँडी गाउँपालिका कार्यालयको प्रायोजन र माघी मिलन समिति बेलडाँडी -३ को आयोजनामा “कला संस्कृतिके संरक्षण करी अो प्रवर्द्धन करी । थारू भेषभुषा पहिचानके सम्वृद्धि करी ।।” भन्ने मुल नाराका साथ थारु समुदायले संस्कृति जोगाउनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

राधाकृष्ण जनप्रिय आधारभूत विद्यालयको प्राङगणमा शुरू भएको माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले भने “आगामी दिनमा माघी मिलन कार्यक्रमलाई पालिका स्तरीय  बनाई पालिका बाटै बजेट छुट्याइ बेलडाँडी माघी मिलन महोत्सव  बनाउने  जनउदै  बडघर तथा भलमन्सा ऐन छिट्टै बनाउने प्रतिबद्धता समेत गरेका छन् ।

रामसरण चाैधरीको सभापतित्वमा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना रहेका थिए भने विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाल लगायत पाचै वडाका वडाध्यक्षहरू रहेका थिए । त्यस्तै  गरि  कुलै राज उपाध्याय नेपाली कांग्रेस, प्रेम राज खाती नेकपा एमाले, डम्बर शाह माअोवादी केन्द्रबाट सहभागी भएका थिए भने समाजेबी जनक धामी, चेतन कुमार राई,हर्कदेव जोशी पृत बहादुर बिष्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, अन्य जनप्रतिनिधि, बुद्धिजीवी र स्थानीयहरुको उपस्थिति रहेका थियो ।

कार्यक्रममा बिभिन्न किसिमका थारु संस्कृति झल्किने पहिरन सहित विभिन्न कार्यक्रम, जेष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम समेत गरिएका थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार