कञ्चनपुर,
आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले अधिकारबाट बञ्चित महिलाको हक अधिकारका लागि उनीहरुको क्षमता बृद्धि गर्दै आत्मनिर्भर बनाउनका लागि वडा टोल विस्तार गरेको बताए ।
आर्दश महिला समाज नेपालका अध्यक्ष नेगीले भीमदत्त नगरपालिका १५ र १८ का विभिन्न टोलबस्तीहरुमा सामुदायिक सुरक्षा जालो गठन गरिएको छ । भीनपा १५ मा शान्ति सम्बृद्धि सामुदायिक जालो गठन गरिएको छ । बिमला भण्डारीको अध्यक्षतामा शान्ति सम्बृद्धि सामुदायिक जालो गठन गरिएको हो ।
उपाध्यक्ष पार्वती माल, कोषाध्यक्ष सीमा घडेरी, सचिव बब्लु चौधरी, सदस्य पार्वती भाट, कमला औजी, देवसी साउद, भागरती भण्डारी, शान्ता औजी, समिला भाट, माया शाहको अध्यक्षतामा प्रगतिशिल सामुदायिकसुरक्षा जालो गठन गरिएको छ । उपाध्यक्ष विमला सिनाल, कोषाध्यक्ष कुन्ती मल्ल, सचिव गिता लेखक, सदस्य उत्तरा शाही, सुनिता सिनाल, सरस्वती जिसी रहेका छन ।
भीनपा १८ मै लक्ष्मी डगौराको अध्यक्षतामा थारु महिला सामुदायिक सुरक्षा जालो गठन गरिएको छ । उपाध्यक्ष मिना चौधरीड(डगौरा), कोषाध्यक्ष कल्पना डगौरा, सचिव जयन्ती चौधरी, सदस्य फुलु चौधरी, जानकी डगौरा, मिना चौधरी, लक्ष्मी चौधरी, फुलावती डगौरा, असरानी डगौरा, गिता डगौरा, भगिया चौधरी रहेका छन । उक्त समितिले आफ्नो स्थानीय स्तरमा महिलामाथि आईपर्ने हरेकखाले समस्या एव आत्मनिर्भरका काममा सामुदायिक कामकाज गर्नेछन ।
Discussion about this post