शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ ९ गते देखि ११ गते सम्म खरखडाई हुने

202
VIEWS

बेलडाँडी,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यही ९ गतेवाट खर खडाई सुरु गर्ने भएको छ ।

 

माघ ६ गते देखि ८ गते सम्म निकुञ्जमा पुर्जी खोल्ने र माघ ९ गते देखि ११ गते सम्म निकुञ्ज प्रवेश गरिने शुक्लाफाँटा निकुञ्ज कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।

 

तिन दिनका लागी निकुञ्जले खरखडाईका लागि सबै सेक्टर, रेज्जपोष्टहरुबाट पुर्जी  लिई खर खडाई गर्न अनुरोध गरिएको छ । विहान ६ बजे देखि दिउँसो ३ बजे सम्म मात्र निकुञ्ज प्रवेश र बाहिरिन समय तोकेको छ ।

धेरै मानिसहरू निकुञ्ज भित्र प्रवेश गर्ने भएकाले वन्यजन्तुको चोरी सिकारी र काठ तस्करी नहुन दिन निकुञ्ज प्रशासन र सेनाले सुरक्षा चेकजाँच गर्ने छ्न् ।

निकुञ्जको नियम विपरीत कार्य गरेको पाईएमा प्रचलित कानुन वमोजीम कार्वाही गरिने समेत निकुञ्ज प्रशासनले जनाएको छ् । निकुञ्जको सरसफाई र न्यून आय भएका गरिवहरु जनताहरुलाई खरले वनेका घर र गोठको छानो छाउने कामका लागी खर प्रयोग गर्ने हुदा प्रत्येक वर्ष खर खडाई खोल्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार