काठमाडौं,
तामाङ समुदायले आज आइतबार राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होसार २८५९ मनाउँदै छ।
ह्योअी विरालो वर्षको रुपमा मनाउने यस पर्वको अवसरमा तामाङ समुदायले आज काठमाडौंको टुँडीखेलमा महोत्सव मनाउँदै छ।
महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको आयोजक नेपाल तामाङ घेदुङले जनाएको छ। घेदुङका कार्यबाहक महासचिव जगतमान लामा तामाङका अनुसार आज दिउँसो १ बजे महोत्सवको उदघाटन प्रधानमन्त्री प्रचण्डले गर्नेछन्।
सो अवसरमा तामाङ समुदायको सांस्कृतिक प्रदर्शन गरिनुका साथै तामाङ समुदायको खानाका परिकार, भेषभुषा, हस्तकलासहित नृत्य प्रस्तुति गरिने छ। टुँडीखेलमा महोत्सव गत शुक्रबारदेखि शुर भए पनि उदघाटन आज शुक्रबार गर्न लागिएको कार्यबाहक महासचिव तामाङले जानकारी गराए। पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका प्रमुखहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
Discussion about this post