मुख्यमन्त्री रावलद्वारा तामाङ समुदायले मनाउने सोनाम ल्होसार पर्वको शुभकामना

11
VIEWS

धनगढी,
तामाङ समुदायले मनाउने सोनाम ल्होसार २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

नेपाली समाज धार्मिक, सांस्कृतिक, भौगोलिक विविधतामा सहिष्णुता र बन्धुत्वको एकतामा अर्न्तघुलित रहेको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक चाडपर्वहरुले नयाँ उमंग र उत्साहका साथ एकआपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

 

तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशियाली स्वरुप मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यस पर्वले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको सम्बर्धन गर्न महत्वपूर्ण योगदान पुयाइरहने विश्वास लिएको छु ।

 

मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो । यस पर्वले सामाजिक सौहादत र विकासमा एकतावद्ध भई राष्ट्र निर्माणका लागि अगाडि बढ्न प्रेरणा देओस भन्ने शुभकामना व्यक्त गर्दछु ।
राजेन्द्र सिंह रावल मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश, धनगढी कैलाली

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार