बेलडाँडीका नव गायक मनुको केहिदिनमा “ए साली ओ कलि” टिपिकल देउडा बजारमा अाउदै

बेलडाँडी,
बेलडाँडीका नव गायक मनुको केहिदिनमा “ए साली ओ कलि” टिपिकल म्युजिक भिडियो बजारमा अाउने तयारी पूरा भएको छ ।

 

बेलडाँडीका नव गायक मनोज मनुले अाफुले बचपन देखि सुन्दै आएको र अाफुलाई मन परेको गीत जसमा शब्द संगित पुरन ओखेडा (पुग्या)को रहेको उक्त गीत “ए साली ओ कलि”लाई फेरि रिमिक्स भर्जन बजारमा ल्याउने तयारी गरेको बताए ।

सानै देखि गीत संगितमा रुचि राख्ने गरिब परिवारमा जन्मेका मनु ठुलै संघर्ष गर्दै गायन क्षेत्रमा पाइला टेक्ने जमर्को साथ गीत रेकर्डिङ र म्युजिक भिडियो बनाउनका लागि यति बेला संघीय राजधानी काठमाडौं पुगेका छन् ।

साथीभाइको माया प्रोत्साहन र हौसलाले एक सपना बोकेर काठमाडौ नौलो शहर नौला मान्छे सिनियर कलाकारहरुसङ्ग आफू नयाँ भएर काम गर्न पुगे उनी बताउछन् । मैले थुप्रै गित हरु लेखेर राखेको छु रेकर्डिङ गर्नभने पाएको छैन् मनु भन्छन् ।

नेपालका चर्चित देउडा गायक तथा मोडेल चक्र बम, चर्चित नायिका करिश्मा ढकाल “भुन्टी” ले यश भिडियोमा अभिनय गरेका छन् भने स्वर अाफ्नै रहेको छ । भिडियो डाइरेक्टर बिक्रम चौहान,क्यामेरा मेन प्रकाश खड्काको टिमले गरेको छ ।

अार्थिक अवस्था दयनीय रहेका मनु साथीभाईको सहयोगले मनका सपना साकार पार्न यानत्यान गायन क्षेत्रमा प्रवेश गर्न लागेका हुन । उनी भन्छन् यस क्षेत्रमा प्रवेश गर्न मलाइ प्रेणा र सहयोग गर्नु हुने प्रत्यक्ष अप्रत्यक्ष सबैलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्नु भयो ।

मनुले कक्षा १देखि ८ सम्म बेलडाँडी गाउँपालिका वडा नं २ मा रहेको सिंहपाल निम्न माध्यमिक विध्यालय अध्ययन गरे त्यसपछिको शिक्षा बेलडाँडीकै रौलेश्वर उच्च माध्यमिक विध्यालयमा भर्ना भए । सानै देखि राम्रो पढाइ हुँदा हुदै पनि घरको आर्थिक स्थिति कमजोर हुदा उनले उच्च शिक्षा हासिल गर्न नसकिएको बताए । उनी भन्छन् त्यसपछि आर्थिक स्थिति बलियो राम्रो बनाउन म छिमेकी देश भारत मा दु:ख गर्न थाले केही मात्र राम्रो हुन सकेपनी जिवनमा चाहेको भने कहिल्यै गर्न सकिँन।

मैले साहित्य विधाबाट पनि आफुलाइ चिनाउन भरपुर्ण कोसिस गरिरहेँ फेसबुकमा कहिले गजल मुक्तकहरु लेखहरु कोर्न थाले यसबाट मलाइ मेरा थुप्रै साथीभाइहरुले हौसला प्रोत्साहित गर्न थाले।

त्यो हौसला ले आफ्नो रहरले एक सपना बोकेर काठमाडौ नौलो शहर नौला मान्छे सिनियर कलाकारहरु सङ्ग आफू नयाँ भएर काम गर्न पुगे।

मैले सुरुमै पहिलो गित नै अग्रज श्रष्टाको एउटा दबिएको गीत हराएको गीतलाई फेरि रिमिक्स भर्जन बजारमा ल्याउने कोसिस मात्रै गरेको छु। मैले अग्रज जत्तिकै त न्याय दिन सक्दिन होला। र पनि एउटा सानो कोसिस भने पक्कै गरेको छु।

मनोज मनु नाम राख्नुको पनि एउटा छुट्टै कारण :

मेरो नाम पूरा भने मनोज सार्की हो। साहित्य विधामा भने मैले आफ्नो नामको पछि मनु थपेको हो। मनु मलाई सानै देखि मलाई माया गर्ने दिदी दाइ साथीभाइले भन्नुहुन्थ्यो। पछि मुक्तकहरु लेख्न थाले पछि मलाई आफ्नो नामको पछि मनु राखेको हुँ।

मेरो गजल भन्दा पनि मुक्तक राम्रो लेख्न सक्छु भन्ने लाग्छ लेखेको पनि छु। गजलमा धेरै नियम कानुन हुने भएर मैले यो विषयमा अध्ययन गर्न त्यति समय भ्याएको छैन तर कलाकारिता सङ्गै साहित्यिक विधालाइ पनि अघि लैजाने मेरो ठूलो इच्छा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित