पुनर्वासमा ३५ कटेकाहरुका लागि प्रथम शान्ति भेट्रान कप फुटवल प्रतियोगिता हुने

पुनर्वास,
कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३५ कटेकाहरुका लागि प्रथम शान्ति भेट्रान कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

पुनर्वास नगरपालिका वडा नं. १ मा रहेको शान्ति युवा क्लब अशुवर्मावस्तीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । “३५ पारि अझैपनि खेलप्रति मेरो लगाव र जिम्मेवारी“ भन्ने मुल नाराका साथ प्रथम शान्ति भेट्रान कप फुटवल प्रतियोगिता यही माघ २१ गते उदघाटन हुने भएको पश्चिम समाचार डटकमका पुनर्वास समाचारदाता लाल बहादुर एसकेले जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार ३५ बर्ष भन्दा माथी उमेर समूहकाहरुले खेलप्रति लगाव भएकाहरुको हौसाला बृद्धिका लागि यस्तो प्रतियोगिता आयोजना गरेको बताए । यसमा जहाँको टिमपनि सहभागित हुन सक्ने समेत जनाए । प्रतियोगितमा प्रथम हुने विजेता टिमलाई नगद ५१ हजार १ सय ५१ रु र द्वितिय हुने उपविजेता टिमलाई नगद २६ हजार १ सय ५१रु. पुरस्कार दिइने भएको छ ।

क्लबले टिम सहभागि गराइदिने बारे विज्ञप्तीमा यस्तो उल्लेख गरेको छ ।
विषय ः भेट्रान टिम इन्ट्री तथा सहभागी गराईदिने बारेमा
उपरोक्त सम्बन्धमा पुनर्वास नगरपालिका वडा नं.१ श्री शान्ति युवा क्लब अशुवर्मावस्तीले ३५ पारि अझैपनि खेलप्रति मेरो लगाव र जिम्मेवारी“ भन्ने नाराका साथ विशषेगरि हरतवारले अनुभवी र परिपक्व उमेर समुहलाई लक्षित गर्दै प्रथम शान्ति भेट्रान कप फुटवल प्रतियोगिता आयोजना गर्ने भएको हुनाले तपशिलको मिति, समय र स्थानमा आफ्नो क्लव तथा सरकारी÷गैरसरकारी संस्थाहरुका टिमहरुले दर्ता गराई अनिवार्य सहभागी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

तपशिलमा ः–
१ टिम दर्ता गर्न अन्तिम मिति २०७९/१०/१९ गते विहीवार
२– खेल समयतालिका (टाइसिट) प्रकाशन मिति २०७९/१०/२० गते शुक्रवार
३ खेल शुरुहुने तथा उद्घाटन कार्यक्रम मिति २०७९/१०/२१ शनिवार दिउँसो ठिक २ बजे
४– इन्ट्री शुल्क रु. ५१००–
५– प्रथम विजेता पुरस्कार नगद रु. ५११५१ र द्वितिय विजेता पुरस्कार नगद २६१५१–

नोट थप ः–
– प्रत्येक टिममा १६ जना भेट्रान खेलाडि हुनुपर्नेछ । – प्रत्येक टिममा प्रत्येक भेट्रान खेलाडीले अनिवार्य आफ्नो क्लव÷ टिमको मर्यादित जर्सी र जत्ता लगाउनु पर्ने छ ।
– समयतालिकामा तोकियको समयमा उपस्थित हुनुपर्नेछ ।
– विवादरहित भेट्रान खेल संचालनका लागि प्रत्येक टिमले खेल हुनुपूर्व आफ्नो खेलाडीहरुको नामावली सहि उमेर विवरण सहित पेश गर्नुपर्ने छ ।
– कदमकदाचित कुनै खेलाडीको तोकिएको ३५ वर्ष पुरा भएको उमेर नपुगेको विवाद ÷ शंका रहेमा त्यस बखत सम्मानित विवाद व्यवस्थापनका लागि आयोजक समिति तथा निर्णायक मण्डलले गरेको निर्णय नै अन्तिम हुनेछ ।

सचिव  सूर्य बा. तामाङ्ग, अध्यक्ष  सनी वा तामाङ्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित