बेलडाँडी,
बेलडाँडी बेलौरी कुखुरा पालन किसान संघर्ष समितिको अध्यक्षमा बेलडाँडीका युवा नरेश थापामगर (गोलु) चयन भएका छन् ।
आज बेलडाँडी बेलौरीका कुखुरा पालक किसानहरुको भेलाले मगरको अध्यक्षतामा ९ सदस्यीय संघर्ष समिति गठन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा भोजराज पाण्डेय, सचिव कमल प्रसाद उपाध्याय, कोषाध्यक्ष शुशिला थापा, सदस्य जय बहादुर बम,दल बहादुर रोकाया, भानुभक्त ओझा, विक्रम बोहरा, तप्त बहादुर बोहरा चयन भएका हुन ।
भेलाले भारतबाट आयात भईरहेका कुखुराहरुलाई नियन्त्रण एवम् प्रतिवन्धका लागि इलाका प्रहरी कार्यालय बेलडाँडी, विओपी पोष्ट झिलमिला, भुडा,प्रहरी चौकी झिलमिला, भुडा र पचुईलाई जानकारी गराउने निर्णय समेत गरेको समितिले जनाएको छ ।
खुल्ला सिमा नाकाका कारण यस क्षेत्रका कुखुरा पालन गर्ने किसानहरु मर्कामा पर्ने गरेका छन् । भारका तस्करहरुले विभिन्न औषधी प्रयोग गरेका मानव स्वास्थ्यलाई खतरा पुर्याउने कुखुरा सस्तोमा नेपाल पुर्याउने हुदा यहाँका किसान बारम्वार मर्कामा पर्दै आएका छन् । यस समितिले यहाँका किसानको उत्थानका लागि संघर्ष गर्नेमा उनीहरु विश्वस्त छन् ।
Discussion about this post