बेलौरी उद्योग वाणिज्य संघ द्वारा २६ देखि दोस्रो बेलाैरी कृषि तथा पर्यटन महोत्सव हुने

बेलाैरी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीको खुला मञ्चमा महोत्सव हुने भएको छ ।

 

बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बेलौरी महोत्सव हुने भएको हो । २६ माघदेखि बेलौरी उद्योग वाणिज्य संघको आयोजना एव बेलौरी नगरपालिकाको सह आयोजनामा महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

बेलौरी उद्योग वाणिज्य संघले सनिवार पत्रकार सम्मेलन मार्फत महोत्सव आयोजना गर्न लागेको जनाएको छ। बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गर्न लागेको बताए ।

यस अघि बेलौरी उद्योग वाणिज्य संघले ०७५सालमा पहिलो पटक प्रथम बेलौरी महोत्सव आयोजना गरेको थियो ।
विचमा कोरोना महामारीदेखि अन्य विवित कारणले मेला महोत्सव संचालन हुन सकेको थिएन । यस पटक संचालन गर्ने लागेको अध्यक्ष साउदले बताए । ‘यो बेलौरी बजार स्थापना भएको ५०औँ स्वर्ण अवसरमा समेत हामीले मेला संचालन गर्न खोजेका छौँ, ‘उनले भने,‘एकातिर बजारको स्वर्ण अवसर, अर्कारित क्षेत्रकै विकासका लागि मेला महोत्सव गर्न लागेका छौँ ।’ महोत्सवको आवश्यक सबै तयारी भईरहेको बताए ।


बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एव साँस्कृतिक संयोजक यज्ञ कडेलले यस पटक पृथकशैलीमा महोत्सव संचालन हुने बताए । ‘यो पटक हामी नितान्त फरकशैलीमा महोत्सव गर्न लागेका छौँ, ‘उनले भने, ‘विगतबाट पुप्रै पाठ सिकेर अहिले केही नयाँपन दिन्छौँ ।’

स्थानीय कलाकारलाई विशेष प्राथमिकता सहित दर्शकको चाहना अनुरुप राष्ट्रिय कलाकार समेत आमन्त्रण गछौँ ।’ बेलौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एव अथिति सत्कार समितिका संयोजक लक्ष्मी नारायण चौधरीले बजारको स्वर्ण अवसर सहितमा संचालन हुने दोस्रो मेला पृथक हुने बताए ।

उनले पहिलो मेला भन्दा उत्कृष्ठ बनाउने बताए । उनले टुर प्याकेज समेत बनाईने बताए । मेलाबाट यस क्षेत्रका सबै समुदायको कला, संस्कृतिका साथै कृषि, पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने बताए । झण्डै एकसय स्टल हुने छन । भने टिकटमा समेत विशेष सहुलियत हुनेछ । टिकेट ६० र विद्यार्थीका लागि ३० रू छ भने अपांग जेष्ठ नागरिकहरूलाई निशुल्क गरिएको छ ।

८फागुनसम्म संचालन हुने मेलामा लाखौँले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित