कञ्चनपुर,
पुर्व नेपाल सरकारका एक अधिकृत नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापति बनेका छन ।
पुर्व अधिकृत शंकरदत्त जोशी नेपाल रेडक्रस सोसाईटी सुडा उपशाखाका सभापति बनेका हुन ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा सुडाको पाचौँ अधिवेशनबाट सभापतिमा जोशी सर्वसम्मत भएका छन । जोशी केही बर्ष अघि अधिकृतबाट सेवानिवृत भएका थिए ।
सेवाबाट अवकास पाएपछि समाजिक काममा लागेका जोशीलाई नेपाल रेडक्रस सोसाईटी उपशाखा सुडाको नेतृत्वको जिम्मेबारी पाईएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा सुडाको सभापतिको जिम्मेबारी पाएका शंकरदत्त जोशीले जिम्मेबारीलाई प्रभावकारी ढङगबाट अघि बढाउने बताए । रेडक्रसको भवनदेखि अन्य पूर्वाधार विस्तार गरेर स्तरिय सेवा सुविधा दिलाउने प्रतिबद्धता जाहेर गरेका छन ।
‘यस क्षेत्रका गरिब, निमुखा विपन्न समुदायका बिरामीलाई एम्बुलेन्स सेवामा विशेष सुविधा उपलब्ध गराउँछु, ‘उनले भने, ‘परोपकारी संस्थाको जिम्मेबारी अनुरुप परोपकारी काम अघि बढाउँछु ।’
Discussion about this post