बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि कार्य तिब्र थालिएको छ । आउदो शुक्रवार सम्म प्रवेश रुट संचालनमा ल्याउने तयारीका साथ बेलडाँडी गाउँपालिका जुटेको छ ।
निकुञ्ज भित्र अवलोकनका लागि एक मात्रै प्रवेसद्वारा भएकाले त्यसको विकल्पमा दक्षिणी क्षेत्र बेलडाँडीबाट समेत प्रवेस रुट संचालनमा ल्याउनका लागि अस्थायी रुपमा चौधर नदिमा ह्युमपाइप हाली रुट संचालनमा ल्याउने गाउँपालिकाको तयारी रहेको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले जानकारी गराउनु भयो ।
सनिवार बेलडाँडी गाँउपालिका अध्यक्ष रानाको सभापतित्वमा बसेको ४ स्थानीय सरकार सहित सरोकारवालासंगको छलफलमा सबै पक्षबाट सहयोग गर्ने प्रतिवद्धता भएपछि कार्य धमाधम शुरु गरिएको वहाँले बताउनु भयो । वहाँले पुल नबनुन्जेल सम्म अस्थायी पुल संचालन गरी शुक्लाफाटा अवलोकनमा आउने पर्यटन भित्याउनका लागि सबैपक्षबाट सकारात्मक सहयोग आएपछि बेलौरीमा २६ गते देखि सञ्चालन हुने औद्योगिक तथा पयर्टन मेलालाई समेत लक्षित गर्दै कार्य छिटो गरिएको हो ।
हिजो बेलौरीमा भएको दोस्रो छलफलमा सरोकारवाला निकायका प्रतिनिधीले निकुञ्जलाई पर्यटकीय थप गन्तव्य बनाउनका लागि बेलडाँडी हुँदै प्रवेसका लागि चौधर खोलामा तत्काल अस्थायी पुल निर्माणमा जोड दिए संगै आज देखि काम शुरु गरिएको हो । चौधर खोला सहित निकुञ्ज भित्रको सानो खल्लामा ह्मपाईम हाली गाडी आवत जावत गर्न मिल्ने बाटो तयार गर्नका थालिएको हो ।
धनगढी विमानस्थलदेखि बेलडाँडी झण्डै ४५ किलोमिटर पश्चिममा बेलडाँडी रहेको छ । विभिन्न स्थानबाट निकुञ्ज घुम्न आउने पर्यटककालागि उक्त दक्षिणी भएर सहज गन्तव्य हुने भन्दै सरोकावाल निकायले बेलडाँडीदेखि प्रवेसद्वार खोल्नुपर्नेमा जोडदिदै आएका थिए ।
धनगढी विमानस्थलदेखि दक्षिणी भएर निकुञ्ज अवलोकनका लागि पर्यटकहरुलाई समेत सहज हुने भएकाले बेलडाँडीदेखि प्रवेसद्वार सञ्चलनमा ल्याउनका लागि सबै सरोकारवाला एकमत भए संगै बेलडाँडी बासीहरुका लागि सौभाग्य भएको बताए ।
३०५ बर्ग किलोमिटरमा फैलिएको निकुञ्जको मुख्य फाँटा क्षेत्र अवलोकनका लागि स्वदेश तथा विदेशी पर्यटक दक्षिणबाट भित्र्राउन सके पर्यटन क्षेत्रले फट्को मार्ने अपेक्षा राखिएको छ । यस अघि पनि बेलडाँडीको कालिकिचमा निकुञ्ज प्रवेसका लागि द्वार संचालनका लागि तत्तकालिन वनमन्त्री शक्ति बहादुर बस्नेतले शिलान्यास गरेका थिए । अब रुट संचालनमा ल्याउने सरोकारवाला पक्षले यस अघि प्रतिबद्धता जाहेर गरेका थिए । प्रवेश रुट सञ्चालनमा आउने भएपछि स्थानीय हर्षित भएका छन् ।
Discussion about this post