बेदकोट नगरले फेरी अर्को युवा गुमायो दुर्घटना गराउने टेक्टरको खोजीगर्नुपर्ने माग अघि सारेर मृतक पक्ष आन्दोलित

कञ्चनपुर,
यस बर्ष गएको पुष महिना शुरुवात भएकै दिन १ गते र सोही महिना समापन भएकै दिन ३० गते बेदकोट नगरका दुई किशोर किशोरीले सवारी दुर्घटनाबाट ज्यान गुमाएको महिना दिन नवित्दै फेरी बेदकोट नगरका एक अर्का किशोरले ज्यान गुमाएका छन ।

गयरात सवारी दुर्घटनामा परी बेदकोट नगरपालिका १० दैजीका २८ बर्षिया शुकराम रानाले ज्यान गुमाएका छन । रानाको बेलौरी–कलुवापुर सडकखण्ड अन्र्तरगत चाँन्देवको जंगल क्षेत्रमा सवारी दुर्घटनामा ज्यान गएको छ ।

मोटरसाईकल चालक समेत रहेका रानाको घटनास्थलमै मृत्यु भयो, भने अन्य दुई युवक घाईते भएका छन ।
मृतकका आफन्त बिरेन्द्र रानाले मोटरसाईकलमा ठक्कर दिने टेक्टरको पहिचान गरेर दोषी उपर कार्बाहीको माग अघि सारेर दवाव दिनका लागि सडक जाम गरेको बताए ।

‘यत्रो दुर्घटना हुँदा समेत प्रहरीले चासो दिएको छैन, ‘मोटरसाईकलमा सवारी अन्यले टेक्टरले टोकेको बताईरहेका छन, तर प्रहरीले टेक्टरको खोजी गरेको छैन, ‘उनले भने, ‘मानिसको ज्यान जाँदा समेत प्रहरीले वेवास्ता गरिरहेको छ ।’

मृतका आफन्तले दुर्घटनाका मुख्य दोषिको पहिचान गरेर कार्बाही गर्नुपर्ने माग अघि सारेर पुर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका छन ।

उनीहरुले दोषि उपर कार्बाही नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित