क्यान्सर पीडित सुनारलाई बेलडाँडी युवा उपाध्यायद्वारा आर्थिक सहयोग

433
VIEWS

कञ्चनपुर,
क्यान्सर रोगबाट पीडित कञ्चनपुर बेलडाँडीका एक युवालाई सोही पालिकाका अर्का युवाले आर्थिक सहयोग गरेका छन ।

क्यान्सर रोग लागेपछि आर्थिक अभावमा मुत्यु कुरिरहेका बेलडाँडी गाँउपालिका २चवन्नीका २८ बर्षिया महेश सुनारको उपचारका लागि सोही गाँउपालिका २चवन्नीकै चन्द्रराज उपाध्यायले आर्थिक सहयोग गरेका हुन ।

उपाध्यायले सुनारको उपचारका लागि २५ सय सहयोग गरेका हुन । बेलडाँडीका युवा उपाध्यायले सुनारको आर्थिक उपचारका लागि सहयोग शुरु गरेसंगै यक्त क्षेत्रका थप समाजसेवी युवाहरुले समेत आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ ।

चुनावका बेला युवा र दलितका मुद्दा उठाउने राजनीतिक दल, सरकार एव वडादेखि केन्द्रसम्मका जनप्रतिनिधीले वेवास्ता गरेको सुनार परिवारको दुखेसो छ । सरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ दिँदै आएको छ ।

यो रकम क्यान्सर उपचारका लागि हात्तीको मुखमा जिराजस्तै हो । सुनार परिवारले सहयोगका लागि एनएमबी बैक महेश सुनारकै ११८०१९६१०९५०००१६ खाता नम्बरमा सक्दो रकम सहयोगका लागि अपिल गरेका छन ।

लामो समय भारतमा उचार गराई आर्थिक रुपमा निकै कमजोर भईसकेका सुनार अहिले चितवनको भरतपुर स्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत रहेको र अस्पतालमा नियमित रुपमा उपचार गर्नुपर्ने भएकाले खर्चको अभावमा उपचारमा समस्या हुन पुगेको छ ।

युवा उद्यमी व्यवसायी समेत रहेका बेलडाँडी युवा चन्द्रराज उपाध्यायले आफ्नो तर्फबाट मानविय सेवाका लागि सक्दो सहयोग गरेको बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार