नोभा हस्पिटलमा बेलडाँडीको सिद्धबैजनाथ सहकारीका सेयर सदस्यलाई स्वास्थ्य सेवामा छुट

133
VIEWS

बेलडाँडी,
धनगढीमा रहेको नोभा हस्पिटलले बेलडाँडीमा रहेको सिद्धबैजनाथ बहुउद्देश्यीय सहकारी संस्थालाई स्वास्थ्य सेवामा छुट दिने भएको छ ।

दुबै विच भएको एमओयु अनुसार अस्पतालबाट कुनै पनि सेवालिने सहकारीका सेयर सदस्यहरुले विशेष छुटको ब्यवस्था पाउने भएका छन् ।

नोभा हस्पिटलका डा. रामप्रसाद लामिछाने र सिद्धबैजनाथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष क्षितिज भट्ट विच उपचार सेवामा छुट पाउने पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौता २०७९ मंसिर १६ गते भए पनि माघ २० गते शुत्रबार थप छलफल भएको सहकारीका अध्यक्ष क्षितिज भट्टले बताए ।

भट्टका अनुसार सहकारीका सदस्यहरुले फार्मेसीमा ५ प्रतिशत, ओपिडीमा २० प्रतिशत, ब्याड चार्ज र क्याविन, आइसियु/ल्याव/माइनर/म्याजर अप्रेशन, इसिजी/इइजी/युवएसमा १०/१० प्रतिशत छुट दिने सम्झौता भएको जनाए ।

सहकारीले केहिदिन भित्रै एम्वुलेन्स सेवा संचालनमा ल्याउने तयारी समेत गरेको वहाँले बताउनु भयो । यहाँका आम नागरिकको स्वास्थ्यलाई ध्यान दिदै एम्वुलेन्स सेवा सुचारु गरिन थालेको हो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार