उद्योग वाणिज्य संघ र कञ्चनपुरका पत्रकार विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

कञ्चनपुर,
उद्योग वाणिज्य संघ कञ्चनपुरले फागुन १ गते देखि महेन्द्रनगरमा अायोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवलाई लक्षित गर्दै मैत्रीपुर्ण फुटबल प्रतियोगिता हिजो सम्पन्न गरेको छ ।

 

शनिबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर राष्ट्रिय माध्यामिक विद्यालयको प्राङगणमा पत्रकार र उद्योग वाणिज्य संघ विच मैत्रीपुर्ण फुटबल आयोजना गरिएको थियो ।

उक्त प्रतियोगितामा वाणिज्य संघले ६ र पत्रकार महासंघको टिमले ४ गोल गरेका थिए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले मैत्रीपुर्ण फुटबल प्रतियोगिताले वाणिज्य संघ र पत्रकारविच सम्बन्ध प्रगाढ भएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले मैत्रीपुर्ण फुटबल प्रतियोगितामा स्वास्थ्यका साथै वाणिज्य संघ र पत्रकार महासघविच थप प्रगाढ सम्बन्ध हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित