दोधाराचाँदनीमा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिबिर शुरु

23
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिबिर शुरु भएको छ ।

आइतबारदेखि दोधाराचाँदनी नगरपालिका ६ दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहितको स्वास्थ्य शिबिर शुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार, दोधाराचाँदनी नगरपालिका र दोधारा प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त आयोजनमा सीमावर्ती पालिकामा स्वास्थ्य शिबिर सचालन गरिएको छ । दोधाराचाँदनी नगरपालिका ६का वडाध्यक्ष एव दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ओम बस्नेतले प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिबिर संचालन गरिएको बताए ।

अध्यक्ष बस्नेतका अनुसार १२विशेषज्ञ, ५ मेडिकल अधिकृत सहित सयौँ स्वास्थ्यकर्मी मार्फत शिबिर संचालन भएको छ । ‘हाम्रो दोधाराचाँदनी नगरपालिकाभरीका जनतालाई लक्षित गरेर स्वास्थ्य शिबिर संचालन गरेका हौँ, ‘अध्यक्ष बस्नेतले भने, ‘भीमदत्त नगरपालिका सहित छिमेकी सीमावर्ती भारतीय गाँउबाट समेत सेवालिन मानिस आईरहेका छन ।’

सुदूरप्रदेश प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आथित्यमा शुरु भएको शिबिरमा प्रदेश सभा सदस्य रानाले बृहद प्रकृतिको स्वास्थ्य शिबिरबाट ग्रामिण भेगका नागरिकले लाभ लिने बताए । कार्यक्रमका बिशिष्ठ अतिथि रहेको रहेका दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले शिबिरबाट नगरका जनताले विशेषज्ञ स्वास्थ्य सेवा पाउने बताए ।

दोधाराचाँदनी नगरपालिका ६का वडाध्यक्ष एव दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ओम बस्नेतको सभापतित्वमा उद्घाटन भएको स्वास्थ्य शिबिरमा जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो । सोमबारसम्म संचालन हुने स्वास्थ्य शिबिरमा हजारौँ नागरिक लाभान्वित हुने अनुमान गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार