सुदूरपश्चिम प्रदेश सभा सचिवालयको बैडक २५ गते बस्ने

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले एक सूचना टाँस गर्दै बुधवार बिहान ११ बजे बैठक आह्वान गरेको हो । माघ ४ गते ११ गते बैठक बस्ने गरि सभामुख भीमबहादुर भण्डारीले सभा स्थगित भएको जानकारी दिएका थिए ।

माघ ११ गते अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको थियो । भने सचिवालयले सूचना जारी गरेसंगै अनिश्चित बनेको बैठक अब २५ गते बस्ने गरि बाटो खुलेको हो । बैठक आह्वान गरेसंगै प्रदेश सभा सदस्यहरुको मोबाईलमा सचिवालयले सन्देश पठाउँदै बैठकमा उपस्थित हुन आग्रह गरेको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी गरायका छन ।

विजनेस विहिन बनेको बैठकको प्रथम कार्यसूचि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिश्वासको मतका लागी प्रस्ताब पेश गर्ने रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत कायम गराउन नागरिक उन्मुक्ति पार्टीको साथ र सहयोग आवश्यक रहेको छ ।

उन्मुक्तिको असहमतिका कारण मुख्यमन्त्री रावलले बिश्वासको मतका लागि प्रस्ताव पेश गर्न सकेका थिएनन् । माघ २६ गतेभित्र उनले विश्वासको मत लिईसक्नुपर्ने कानुनी व्यवस्था भएपछि सो दिनभन्दा एक दिन अगाडि बैठक आह्वान गराउन उनी सहमत भएका हुन । यद्यपी अझै पनि उनलाई विश्वासको मत पाउनेमा शंका रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद् छन् भने माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित