सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

कञ्चनपुर,
सीमावर्ती कञ्चनपुर चोरी तस्करी, सीमा अपराध भन्सार छलीले थलिदै गएका बेला सशस्त्र प्रहरीले तस्कर बिरुद्धमा अप्रेसन चलाएको छ ।

सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा ‘सुन्य सहनशिलता’को नीति अबलम्बन गरेर तस्कर तह लगाउने अभियान नै चलाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर शैलेश्वरी गणले कञ्चनपुरमा हुने भन्सार राजस्व चोरी, छली तस्करी एव सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सकृयता बढाउँदै तस्कर बिरुद्धमा निर्मम बन्दै गएको छ ।

सशस्त्र प्रहरीले भन्सार चोरीछली गतिबिधी बिरुद्धमा आक्र्रमक भएर तह लगाउन थालेपछि तस्कर समुह त्रसित भएका छन । भारतबाट अवैध रुपमा विभिन्न समान नेपाल भित्र्राउन लागेका बेला सशस्त्र प्रहरी देख्यो कि ? समान छाडेर तस्कर भाग्न थालेका हुन ।

सशस्त्र प्रहरी बल कञ्चनपुर प्रमुखको जिम्मेबारी पाएका सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जिल्ला सम्हालेदेखिको अवधिमा लाखौँको समान बरामद गरेर भन्सार चलान गराएका छन ।

२४ सै घण्टा सीमा क्षेत्रमा उपस्थिति रहेको सशस्त्र प्रहरीलाई यस अघि लाईन खाएर तस्करी लगाएको आरोप लागेपनि एसपी रावलले जिल्ला सम्हालेपछि मातहतका बिओपीले भन्सार राजस्व चोरी छली एव सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा निरन्तर सकृयता बढाएको छ ।

सशस्त्र प्रहरीले उत्तरी ब्रम्हदेबदेखि दक्षिणी डोकेबजारसम्म अवैध समान तस्करी हुन लागेको अवस्थामा बरामद गर्दै भन्सार चलान गर्दै आएको बुझिन्छ । ब्रम्हदेब, जिमुवा, गड्डाचौकी, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वासका विभिन्न खुला नाका क्षेत्रबाट भित्रिएको अवस्थामा बरामद गर्दै कैलाली र कञ्चनपुरमा भन्सारमा बुझाउँदै आएको छ ।

१५ माघदेखि २३ सम्म १० दिनको अवधिमा झण्डै १९ लाख बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण कञ्चनपुरले १० दिनको अवधिमा १८ लाख, ९० हजार १४९ रुपैया बराबरको समान बरामद गरेर भन्सार चलान गरेको छ ।

सशस्त्र प्रहरी बल कञ्चनपुरका प्रमुख प्रेम बहादुर रावलले सशस्त्र प्रहरीको मुख्य जिम्मेबारी सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण एव सीमा क्षेत्रमा हुने अवैध गतिबिधी नियन्त्रणमा सकृयतापुर्वक कामकाज अघि बढाएको बताए । सशस्त्र प्रहरी प्रमुख रावलले १० माघदेखि २३ सम्म विभिन्न व्यवसायीक प्रकृतिका भन्सार नकाटेर चोरी छली गरेर ल्याएका समान बरामद गरेर भन्सार चलान गरेको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक रावलले कञ्चनपुरका विभिन्न खुला सीमा क्षेत्रबाट अवैध रुपमा चोरी छली एव भन्सार छलेर ल्याएका समान बरामद गर्दै भन्सार चलान गर्दै आएको बताए ।

१५ माघमा ५६ हजार ७५०, १७ मा ९४ हजार, ५ सय, १८ मा ११ लाख, ६१ हजार २०, १९ मा ५९ हजार, ५ सय ५, २० माघमा २ लाख, ९ हजार, ३२४, २२ माघमा ३९ हजार ६ सय र २३ माघमा २ लाख, १५ हजार ५० रुपैया गरी १८ लाख, ९० हजार १४९ रुपैया बराबरको समान बरामद गरेर भन्सार चलान गरेको हो । यसका साथै लागु औषध सहित मानिसलाई समेत पक्राउ गरि प्रहरीलाई बुझाएको छ ।

भारतबाट भन्सार चोरीछली गरेर नेपाल(कञ्चनपुर)मा विभिन्न प्रकृतिका जस्तै कपडा, किराना समाग्री, हार्डवेयर समान, ईलेक्ट्रोनिक समान, खेलकुद समाग्री, मोवाईल समाग्री, खाद्यान्न समाग्री, साईकल, सहितका तरकारी एव प्रतिबन्धीत माछा, कुखुरा, अण्डा सहितका समाग्री बरामद गर्दै आएको नष्टदेखि भन्सार चलान गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक रावलले बताए ।

‘मैले जिल्लाभरी सीमा क्षेत्रमा रहेका २२वटै बिओपी इन्चार्ज एव सबै सशस्त्र प्रहरी कर्मचारीलाई तस्करी नियन्त्रणमा निर्मम हुन आदेश दिएको छु, ‘उनले भने, ‘कहिकतै तस्करसंग हिमचिम साँठगाँठ भए कार्बाही गर्छु, एक सशस्त्र प्रहरी अधिकृतलाई समेत जिम्मेबारीबाट तानेको पनि छुँ ।’

यसरी सशस्त्र प्रहरीले जिल्लामा राजस्व छली नियन्त्रणमा थुप्रै राम्रो काम गर्दा समेत पत्रकार साथिहरुले हामी बिरुद्धमा उल्टै समाचार छापिदिने गरेकोप्रति उनले गुनासो पोखेका छन । तस्करी नियन्त्रण, सीमा क्षेत्रमा हुने अवराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले तदारुकताका साथ काम गर्दै जाने बताए ।

‘जुनसुकै तस्कर वा गैर कानुनी काममा संलग्न व्यक्ति एव समाग्री नियन्त्रण गरेर भन्सार चलान गर्ने एव सरोकारवाला पक्षलाई राखेर नष्ट गर्दै आएको छौँ, ‘उनले भने, ‘सशस्त्र प्रहरीले अब विगतको जस्तो लाईन खानेदेखि तस्करसंग कुनैपनि हालतमा मिल्दैन, विगतमा कसले के के ग¥यो, त्यो थाहा भएन, हामीले सीमा सुरक्षा र अपराधमा सुन्य सहनशिलता अपनाएर काम गर्ने हो ।’

तस्करीका समान मात्र नभई मानिस समेत पक्राउ गरेर भन्सार चलान गर्न निर्देशन दिएको बताउँदै सशस्त्र प्रहरी उपरीक्षक रावलले बताए ।

यस्तै सशस्त्र प्रहरीले कैलालीको तुलसीपुर बस्नेत जिवन शाह, मिन रावलको साथबाट लागु औषध र भारतीय नागरिक गुप्ता रुपेशबाबाको साथबाट स्रोत नखुलेको ८ लाख ७० हजार नगद सहित मोबाईल बरामद गरेको छ । यसरी नै सशस्त्र प्रहरीले निरन्तर तस्करी नियन्त्रणमा काम गरे राजस्व चोरीछली दण्डहिनता अन्त्य हुँदै सुशासन हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित