आज बस्ने प्रदेश सभा बैठकमा सहभागी नहुने उन्मुक्तिको संकेत

धनगढी,
सुदूरपश्चिम प्रदेश सभाको आज बस्ने बैठकमा नागरिक उन्मुक्ति पार्टीले सहभागी नहुने संकेत गरेको छ ।

काठमाण्डौं डिल्लीबजारमा छलफलमा रहेका उन्मुक्तिका प्रदेश सभा सदस्यहरू नेता रेश्म चौधरीसंग छलफलमै रहेकाले आज बुधबार बस्ने बैठकमा सहभागी नहुने संकेत गरेका हुन् ।

आज उन्मुक्तिका प्रदेश सभा सदस्य प्रदेश सभा बैठकमा नलिने बताउँछन् । हामी काठमाण्डौंमै छलफल र वार्तामा छौ संसदीय दलका नेता रामेश्वर चौधरी भन्छन् हेरौं भोली या पर्सि फर्कन्छौं । उनले मुख्यमन्त्री रावललाई माग र मुद्दा सम्बोधन गराउन समय दिए पनि गम्भीर नबनेको प्रतिक्रिया दिए ।

उता नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरी लगायत टीकापुर घटनासँग जोडेर जेलमा राखिएका र मुद्दा चलाइएका राजबन्दीको रिहाइ र मुद्दा फिर्ता नहुन्जेल सम्म विश्वासको मत नदिने निष्कर्षमा पुगेको बताइन ।

उनले भने जहिले उनीहरुलाई रिहा गर्नुहुन्छ, त्यही दिन सरकार बनाउँला, रिहा गरियो भने मत दिन्छौँ ।

प्रदेश सभाको बैठक आज १ बजे बोलाईएको छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित