कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिह रावलको व्यक्तिगत चरित्र हत्या तथा सस्थागत मानमर्दन गर्ने अभिप्रायले प्रकासित समाचारप्रति मुख्यमन्त्री कार्यालयको ध्यानाकर्षण भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय धनगढीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री राजेन्द्र सिह रावलको व्यक्तिगत चरित्र हत्या तथा सस्थागत मानमर्दन गर्ने अभिप्रायले प्रकासित समाचारप्रति मुख्यमन्त्री कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ । उक्त भ्रामक र कपोकल्पित समाचारप्रति घोर निन्दा एव भत्र्सना गरिएको छ ।
केही अनलाईनले ‘डिल्लीबजार कारागारमै रेशम चौधरीको निगरानीमा संसद शिर्षकमा समाचार प्रकासित गरेपछि मुख्यमन्त्री कार्यालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मुख्यमन्त्री रावलका स्वकीय सचिव राज बहादुर चन्दले हस्ताक्षर गरेको विज्ञप्तीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र मुख्यमन्त्री राजेन्द्र सिह रावलसंग समबन्धीत भ्रमक समाचारप्रति गम्भिर ध्यानाकर्षण जनाउँदै जनतालाई सत्यतथ्य सुचना दिने अभिभारा बोकेका संचार माध्यमले तथ्यमा टिकेर मात्रै समाचार प्रकाशन र प्रशारण गर्न आग्रह गरिएको छ ।
Discussion about this post