बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा छोरी जन्माउदा उपाध्यक्ष कोसेली कार्यक्रम हिजो देखि कार्यान्वयनमा अाएको छ ।
गाउँपालिका भित्रका गर्भवती महिलाहरूले छोरी जन्माउदा प्राेत्साहन स्वरूप ३ हजार दिने उपाध्यक्ष काेसेली कार्यक्रम हिजो बुधबार देखि कार्यान्वयनमा अाएको छ ।
गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने परिपाटी नेपाली समाजमा मौलाएको देख्दा यसलाई न्युनीकरण गर्नका लागि उपाध्यक्ष कोसेली लागू गरेको बेलडाँडी उपाध्यक्ष शान्ती नाथले जानकारी गराउनु भयो ।
उनले भने “याे समाजमा छाेरी पनि छाेरा सरह हुुुनु भन्ने भनाइलाई कार्यान्वयनमा ल्याउनका लागि यस्तो कार्यक्रमले टेवा पुग्ने बताइन् ।
हिजो राैतेली विचुवा स्वास्थ्य चाैकीमा आयाेजित एक कार्यक्रमका मा ३० जना छोरीजन्म दिने आमाहरुलाई प्रति ब्याक्ति ३ हजारका दरले बितरण गरिएको उहाले बताउनु भयो ।
यस्तै वडा नं ५ का वडा अध्यक्ष इन्द्र बहादुर खडकाले यो कार्यक्रमले भ्रूण हत्यामा कमि अाउने बिश्वास व्यक्त गर्नु भयो । यस स्वास्थ्य संस्थाको अवस्था सुधारका लागि अझै विभिन्न कार्यक्रम ल्याउने बताउनु भयो ।
वडा नं ५ का अध्यक्ष इन्द्र बहादुर खडकाको सभापतित्वमा शुरू गरिएको कार्यक्रममा प्रमुख अतिथि पालिका उपाध्यक्ष शान्ती नाथ रहेका थिए ।
कोसेली बुझेका महिलाहरू यो कार्यक्रमले खुसी भएका छन् ।
Discussion about this post