कञ्चनपुर,
कञ्चनपुरका पत्रकार शित्तल भट्ट सम्मानित भएका छन । बेलौरी उद्योग वाणिज्य संघले पत्रकार भट्टलाई सम्मान गरेको हो ।
बिहीबारदेखि बेलौरी खुला मञ्चमा आयोजित पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला उद्घाटन समारोहमा पत्रकार भट्टलाई सम्मान गरिएको छ ।
ग्यालेक्सी फोरके टेलिभिजन कञ्चनपुरमा समाचारदाता एव रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशन पत्रकार भट्टलाई दक्षिणी क्षेत्रको सीमा, उद्योग, व्यापार एव आर्थिक क्षेत्रमा भूमिका निर्वाह गरेको भन्दै महोत्सव आयोजक समितिले सम्मान गरेको छ ।
पत्रकार भट्टलाई मायाको चिनो सहित सम्मान गरेको आयोजक बेलौरी उद्योग वाणिज्य संघले जनाएको छ ।
पत्रकार भट्टलाई बेलौरी नगरका मेयर पोतिलाल चौधरीले जैविक हजारीफुलको मायाका साथै दक्षिणी क्षेत्रको धार्मिक पर्यटकीय प्रतिष्ठित मन्दिरको फोटो हस्तान्तरण गरेका थिए ।
बेलडाँडीका स्थानीय समेत रहेका पत्रकार भट्टले उच्च शिक्षा अध्ययनकै क्रममा पत्रकारिता शुरु गरेका थिए । रेडियो महाकालीदेखि पत्रकारिता शुरु गरेका भट्ट, गोरखापत्र राष्ट्रिय दैनिक, न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन ।
झण्डै १८ बर्षदेखि पत्रकारितामा सकृय भट्टले सीमा क्षेत्रका मुद्दा सहित भ्रष्टाचार, सुशासनमा कमल चलाउँदै आएका छन । आयोजकबाट सम्मानबाट पत्रकार भट्टले नियमित काममा थप उत्साह थपिदिएको अनुभूति व्यक्त गरेका छन ।
Discussion about this post