बेलौरी प्रहरीद्धारा ठुलो मात्रामा अवैध माछा बरामद गरी नष्ट

72
VIEWS

बेलौरी,
बेलौरी प्रहरीद्धारा हिजो ठुलो मात्रामा अवैध माछा बरामद गरी नष्ट गरिएको छ ।

बेलौरी उद्योग बाणिज्य संघले हिजो मेला उदघाटन चलिरहेको बेला तस्करहरुले दिनदहाडे ओसारेको अवैध वेवारीसे माछा बरामद गरेको छ । बेलौरी वडा नं.६ भुराकोट क्षेत्रबाट राखेको अवस्थामा बेलौरी प्रहरी प्रमुख प्रहरी निरीक्षक दान सिंह भण्डारीको कमाण्डमा खटिएको टोलीले गस्तीका क्रममा १५० केजी फेला पारेको हो । फेला पारेको अवैध माछा पशु क्वारेन्टाईनका प्रतिनिधि , उद्योग बाणिज्य संघका प्रतिनिधि र पत्रकारहरुको रोहबरमा नष्ट गरिएको बेलौरी प्रहरीले जनाएको छ ।

भारतबाट अवैध तरिकाले ल्याइने माछामा मानव स्वास्थ्यलाई खतरा हुने क्यामिलक प्रयोग भएर आउने गरेको छ । यस्ता माछाले मानव स्वास्थ्यलाई खतरा हुनुका साथै नेपाली माछापालक किसानहरुलाई समेत अप्ठेरो पार्ने गरेको छ । पहिले देखिनै कञ्चनपुरका सिमा क्षेत्रका बजारहरुमा अवैध माछा खुल्याम विक्री वितरण हुदा समेत सरोकारवाल निकाय मौन हुदा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

पुनर्वास, बेलौरी बेलडाँडी झिलमिला लगायतका क्षेत्रबाट अवैध माछा, कुखुरा भित्रिने गरेको स्थानीय बताउछन् ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार