बेलडाँडी प्रहरीद्धारा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बेलडाँडी,
बेलडाँडी प्रहरीद्धारा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बेलडाँडी गाउँपाललिका वडा न. ३ स्थित सिद्धनाथ माध्यमिक बिद्यालय खैरीघाटसंगको सहकार्य तथा बेलडाँडी ईप्रकाको आयोजनामा कक्षा १० विद्यार्थीहरुलाई आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी अन्तरक्रियाका तथा सचेतिकरण गराइएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
र्
ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रुपेश सिंह बिष्टले आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना गराएका हुन । सहभागिहरुले यस कार्यक्रमले सकारात्मक सोचको विकास हुनुका साथै आत्महत्या न्युनिकरणमा टेवा पुग्ने बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमको आयोजना गरिनुपर्ने धारण उनीहरुले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित