महाकाली प्रादेशिक अस्पताल र मन्त्र हस्पीटलको मिलोमतोमा बह्म लुट

852
VIEWS

कञ्चनपुर,

महाकाली प्रदेशिक अस्पताल र मन्त्र अस्पतालको मिलोमतोमा विरामी मार्कामा परेका छन् ।
दुवै ठाँउमा एउटै डाक्टरले काम गर्ने भए पछि यस्तो भएको हो । कुनै विरामी महाकाली प्रदेशिक अस्पताल उपचारको लागि आउदा उनीहरुलाई मन्त्र हस्पीटल रिफर गरिने गरेको सेवाग्राही बताउछन् ।
अहिले महाकाली अस्पताल पहिलेको भन्दा पनि धेरै सुविधा सम्पन्न भै सक्दा मोटो रकम कमाउने उद्देश्यले मन्त्र हस्पीटल पठाउने गरेको पाइएको हो ।

कैलाली बाट रोजगारीका लागि कञ्चनपुर आएका अन्तराम चौधरी वर्ष ४० का लेबरी काम गर्दै आएका थिए । माघ २४ गते १ः३० बजे घर बनाउन सरिया काट्दा सरिया काट्ने मेसिनले उनको दायाँ खुट्टा काटिन पुग्यो । उनी तत्कालै ट्राफिक चौक स्थिीत मन्त्र अस्पताल गए उनलाई शुरुमा रु.१०००।–को पर्चा काटन लगाईयो र उनको खुट्टामा सामान्य उपचारका गरियो साथै रु.८०० मा ऐक्सरा पनि गरियो ।

बेलुका ४ः३० मा अर्थो डा. आउने र उनले चेक जाँच गर्ने शुल्क रु. ५५० रहेको भनि पुन ः अर्को पर्चा कटाईयो अर्थो डा. दुर्गेश चौधरीले ऐक्सरा रिपोर्ट हेरे पछि खुट्टाको अपरेशन गर्नु पर्ने र रु. १० हजार सम्म खर्च आउने भने पछि दिनभरी लेबरी गरेर ज्यान पाल्दै आएका चौधरी मन्त्र अस्पतालमा खर्च व्यर्होन नसकिने भनि सोही दिन ५ बजे महाकाली प्रादेशिक अस्पतालको ईमरजेन्सीमा भर्ना भए त्यहाँ सामान्य उपचार पछि अर्को दिन जनरल तर्फ अर्थोपिडिया वार्डमा उनलाई राखियो ।

त्यहाँ शुक्रबार उनको अपरेशन गर्ने भनेर बताएको अन्तराम चौधरीले बताए तर शुक्रबार बेलुका सम्म उनको अपरेशन हुन सकेन गरीबी र आफ्नो बोलीदिने कोही नभएकोले आफुले सास्ती पाउनु परेको चौधरी बताउछन् ।

 

महाकाली प्रादेशिक मेडिकल सुपरिटेन्ड अर्जुन भट्टका अनुसार “उनी भन्दा पहिले आएका विरामीहरुको अप्रेसन भएकोले अर्को दिन उनको अप्रेसन हुने बताए ।” यस लापरवाहीको बारेमा डा.दुर्गेश चौधरी भन्छन् ‘पालो अनुसार अप्रेशन गर्ने गरिन्छ । जब पालो पाउछ त्यो दिन अप्रसेन गरिनेछ । तर अहिले मेसिन बिग्रेको समस्याले गर्दा अप्रेसनमा ढिलाई भएको कारण देखाउदै सोमबार सम्म उनको खुट्टाको अप्ररेसन गरिने बताए ।’

स्वास्थ्य जस्तो संवेदनसिल विषयमा लापरवाही गरिनु दु:खद हो । एकजना महाकाली प्रादेशिक मेडिकल कर्मचारीका अनुसार ‘महाकाली प्रदेशिक अस्पताल र मन्त्र अस्पतालको मिलोमतोका कारण विरामी सास्तीमा परेका छन् भने उपचारको लागि भारत लैजानु भन्दा महङ्गो भै रहको उनले बताए ।’ सुदूर दर्पणबाट साभार

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार