बेलडाँडी,
बेलडाँडी गाउँपालिका–२ खानेपानी ट्याङ्की स्थित सगरमाथा पब्लिक स्कुलले सनिबार प्रथम वार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सव कार्यक्रमको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले उद्घाटन गरेका हुन् । उद्धाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष रानाले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालयलाई आग्रह गरेका थिए । अहिले प्रतिस्पर्धाको युग भएकाले सैद्धान्तिक मात्र नभई व्यवहारिक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुुपर्ने बताए ।
यस्तै विद्यालयका प्रिन्सिपल महेश खडकाले विद्यार्थीहरुलाई नयाँ विधि र पद्धतिबाट शिक्षण गराइरहेको बताए । विद्यार्थीहरुलाई वौद्धिक तथा क्रियाकलाप सिकाइमा आधारित रही उनीहरुको रुची र चाहनाअनुसार शिक्षण गराइरहेको उनले बताए ।
सबै कक्षाका उत्कृष्ट नतिजा ल्याउन सफल तथा अन्य अतिरिक्त क्रियाकलाप खेलकुद, हाजिरी जवाफ, वादविवा लगायत विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाएका थिए ।
साहयक प्रिन्सिपल भास्कर भट्टले संचालन गरेको कार्यक्रममा शिक्षिका सानु थापाले स्वागत मनतब्य राखेका थिए ।
कार्यक्रममा गाउँपालिका प्रवक्ता गज बहादुर बिष्ट, विभिन्न सरकारी तथा निजी विद्यालयका प्रतिनिधीहरु अभिभावक, समाजसेवी, बुद्धिजीवी, युवा नेताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post