गाउँपालिका राष्ट्रिय महासंघद्धारा स्थानीय सरकार सञ्चनलनमा उपाध्यक्षहरुको भूमिका विषयक डडेल्धुरामा दुईदिने कार्यशाला गोष्ठी शुरु

डडेल्धुरा,
गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा स्थानीय सरकार सञ्चनलनमा उपाध्यक्षहरुको भूमिका विषयक आपसी सिकाई आदान प्रदान सम्वन्धि डडेल्धुरामा दुईदिने कार्यशाला गोष्ठी शुरु भएको छ ।

 

सुदूरपश्चिका ३५ पहाडी क्षेत्रका गाउँपालिका उपाध्यक्षहरुको सभागितामा कार्यशाला गोष्ठी शुरु गरिएको बेलडाँडी गाउँपालिका प्रमुख तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय सदस्य हरिशचन्द्र रानाले जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार स्थानीय सरकार सञ्चालनमा उपाध्यक्षहरुको महत्वपूर्ण भूमिका हुनेहुदा आपसी सिकाई आदान प्रदान कार्यशालाबाट उनीहरुको क्षमता अभिविद्धि हुने विश्वास ब्यक्तगर्नु भयो । महासंघले पालिकाहरुका जनप्रनिधिहरुको क्षमता अभिविद्धि लगायएका कार्यक्रमहरु गर्दै आउने बताउनु भयो ।

उक्त दुईदिने कार्यशाला गोष्ठीमा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय सदस्य हरिशचन्द्र रानाले स्वागत गरेका थिए भने महासंघकै कोषाध्य उमेश प्रसाद भट्टको सभापतित्वमा आज देखि कार्यक्रम शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित