जनयुद्ध दिवस’ खारेजको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडाैँ,
जनयुद्ध दिवस खारेज गर्न माग गर्दै  साेमबार राजधानी काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

द्वन्दपीडित समुदाय र नागरिक समाजले दिवसकाे विरोध प्रदर्शन गरेको हो। सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ। सोही अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। यसैको विरोध स्वरुप प्रदर्शन भएको हो।

प्रदर्शनकारीले सार्वजनिक बिदा खारेज गरी द्वन्दपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन्। उनीहरूले आजको दिन नेपाल र नेपालीका लागि कालो दिन भएको जनाएका छन्।

जनयुद्धको नेतृत्व गरेको माओवादी नै सरकारमा रहँदा पहिलो पटक यस दिवसका अवसरमा बिदा दिने निर्णय गर्दा माओवादीबाहेकका विभिन्न राजनीतिक दलका नेताहरूले यसको विराेध गरिरहेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सम्बाेधनका क्रममा सरकारी बिदा धेरै भएको बताउँदै सरकारी काम चुस्त बनाउन र आर्थिक विकासका लागि बिदा कटौती गर्नुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित