करणीमुद्दाका फरार अभियुक्त लुहार सत्र बर्षपछि पक्राउ

70
VIEWS

कञ्चनपुर,
जबरजस्तीकरणी मुद्दामा फरार एक अभियुक्त पक्राउ परेका छन ।

 

करणी मुद्दामा दोषी ठहर भई फरार भएका अभिययुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।
करणी मुद्दाका फरार अभियुक्त बेलौरी नगरपालिका २का राजेन्द्र लुहारलाई ईलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी भरतराज गिरीले १७ बर्ष अघि करणी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट कैद सजाय तोकेका लुहारलाई पक्राउ गरी अदालत पेश गरिएको बताए ।

४ जेठ ०६२ सालमा कञ्चनपुर जिल्ला अदालतले लुहारलाई ७ बर्ष कैद भुक्तानका लागि फैसला गरेको थियो । लुहारले कैद भुक्तान नगरेर लुकिछिपी बस्दै आएका थिए । झण्डै डेढ दशकदेखि लुकिछिपी रहेका लुहारलाई प्रहरीले घरबाटै पक्राउ गरी अदालत पेश गर्दै जेल चलान गरिएको छ ।

 

अपराध गरेपछि एक दिन अवश्य कानुनको घेरामा आउनुपर्ने घटनाले देखाएको छ । १७ बर्ष अघि अपराध गरेका लुहार जेल चलान भएका छन । अपराध लुक्न र छिप्न नसकिने यस घटनाले समेत देखिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार