पुनर्वास सीमा क्षेत्रबाट सशस्त्र प्रहरीद्वारा लाखौँ भारु सहित तीन जना पक्राउ

265
VIEWS

लाल ब. एसके/कञ्चनपुर,
सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका ४ सीमा क्षेत्रबाट लाखौँ भारु रकम सहित३ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार पुनर्वास नगरपालिका ४ क्षेत्रबाट १५लाख भन्दा बढि रकम सहित तीन जालाई पक्राउ गरेको हो ।
पुर्नवासका स्थानीय पत्रकारकै सामु पक्राउदेखि उनीहरुमाथि खान तलासी गरेपनि सशस्त्र प्रहरीले यस बारेमा अहिले आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

 

तर सशस्त्र प्रहरी स्रोतका अनुसार १५लाख २८ हजार रुपैँया भारु सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदाबरी नगरपालिका ८ कैलालीका अमर भुल, खडक सिह भुल र आलिताल गाँउपालिका ५ डडेल्धुराका बिरेन्द्र सार्की रहेका छन ।

उनीहरुले सशस्त्र प्रहरी सामु मालिकको घरबाट चोरी गरेर ल्याएको बयान दिएका छन । घटनाबारेमा सशस्त्र प्रहरीले थप अनुसन्धान भईरहेको भन्दै आधिकारिक रुपमा जानकारी दिएको छैन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार