धनगढी,

कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्तिका नेता अरूण चौधरी आज रिहा भएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा असल आचरण अर्न्तगत उनलाई कैदमाफि सहित रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् ।
कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी लगायत ४ जना आज जिल्ला कारागार कैलालीबाट रिहा भएका छन् ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।

Discussion about this post