बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
आइतबार एक कार्यक्रमका विच सरस्वती माविको ३१ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । सरस्वती माध्यामिक विद्यालयका सहायक प्रद्यानाध्यापक राधाकृष्ण पाठकले विवित कार्यक्रम गरी बार्षिकोत्सव मनाएको बताए ।
कार्यक्रममा बेलडाँडीका जनप्रतिनिधीले सामुदायिक विद्यालयको बृद्धि विकासमा प्रतिबद्धता जाहेर गरेका छन । बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर बिष्टले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयका भवन छानामुक्त बनाउने घोषणा गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले कुरा भन्दा पनि काममा ध्यान दिने बताए । कार्यक्रममा उत्कृष्ठ विद्यार्थी पुरस्कृत, सम्मान एव सुदूरको लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।
प्रद्यानाध्यापक विष्णूसिह भण्डारीले विद्यालयले शैक्षिक भौतिक सुधारको प्रतिबद्धता जाहेर गरे ।
शिक्षक जनकराज जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममको अध्यक्षता ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहले विद्यालयको बृद्धि विकासमा प्रतिबद्धता जाहेर गरे ।
सहायक प्रअ राधाकृष्ण पाठक, शिक्षक दिपेन्द्र सिह ठगुराठीले संचालन गरेको कार्यक्रममा अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो । ०४८सालमा विद्यालय स्थापना भएको थियो ।
Discussion about this post