मंगलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

कञ्चनपुर,
मंगलबारदेखि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव संचालन हुन लागेको छ ।

 

भीमदत्त नगरपालिकाको आयोजनामा भोलीदेखि शुक्लाफाँटा पर्यटन महोत्सव संचालन हुन लागेको हो । ‘आर्थिक सम्बृद्धिको पर्यटन विकास र पूर्वाधार’ भन्ने मुल नारा साथ छैटौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको भीमदत्त नगरपालिकाले जनाएको छ ।

 

भीमदत्त नगरका मेयर पदम बोगटीका प्रेस सल्लाहकार चक्र्र महताले पर्यटन महोत्सवको तयारी पुरा भएको बताए । मेयर बोगटीका प्रेस सल्लाहकार महताले मंगलबारदेखि महोत्सवको औपचारिक रुपमा उद्घाटन हुने छ ।

भीमदत्त नगरका मेयर पदम बोगटीको अध्यक्षता एव सरोकारवालाको उपस्थितीमा महोत्सव हात्तिसारमा उद्घाटन हुने छ ।

‘पहिलो दिन महोत्सव बारे औपचारिक जानकारी गराउँदै उद्घाटन कार्यक्रम रहेको छ, ‘उनले भने, ‘दोस्रो दिनदेखि विवित कार्यक्रम रहेका छन ।’

दोस्रो दिन कञ्चनपुरका पत्रकारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण, तेस्रो दिन निकुञ्ज परिसरमा सरसफाई, चौथो दिन पर्यटन प्रर्बद्धन सम्बन्धी छलफल, पाचौँ दिन मैत्रीपूर्ण फुटबल,छैटौँ दिन चरा अवलोकन, सातौँ दिन संरक्षण र पर्यटन बारे माध्यामिक स्तरिय वक्तृत्वकला, आठौँ दिन हिरापुरमा अवलोकन, नवौँदिन आन्तरिक पर्यटन प्रर्बद्धन सम्बन्धी छलफल र १०औँ दिन विवित कार्यक्रम गरेर समान गरिने छ ।

भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहितका सरोकावाला पक्षसंग समन्वय गरेर यस अघि ५पटक महोत्सव गर्दै आएको छ । कञ्चनपुरको आन्तरिक पर्यापर्यटन पर्बद्धन गर्ने उदेश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित