काठमाडौ-नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ लगातार बढाएको छ।  निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

यससँगै  काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ  ।

यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि  भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित