बेलडाँडी,
बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि रुट निर्माण भईरहेको छ ।
संघीय सरकारको निर्णय अनुरुप बेलडाँडी गाँउपालिकाले निकुञ्ज प्रवेसका लागि रुट निर्माण गरिहेको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज प्रवेसका लागि ट्याक खोल्नेदेखि चौधर नदीमा पुल निर्माण गरिएको बताए ।
उनले बेलडाँडी गाँउपालिका ५ ईमलिया चौधर नदीमा काठको पुल निर्माण गरिएको र हालसम्म झण्डै डेढ किलोमिटर ट्याक खोलिएको बताए । ‘हामीले २२ मिटरको काटे पुल निर्माण गरिसकेका छौँ, ‘उनले भने, ‘संगसंगै ट्याक खोल्ने, विचका नालामा ह्युपपाईप बिछाउने काम अघि बढाएका छौँ ।’
अहिले काठे पुल निर्माणसंगै चौधर नदीमा पुक्की पुलको समेत ठेक्का परेकाले स्थायी रुपमा पक्की पुलबाटै आवत जावत गरिने छ । ‘यहाँ पक्की पुलको समेत ठेक्का भएको छ, ‘गाँउपालिका प्रमुख रानाले भने, ‘पक्की पुल निर्माण नहुँदासम्म अस्थायी रुपमा हामीले काठकै पुल निर्माण गरेर निुकञ्ज प्रवेसका लागि रुट बनाएका छौँ ।’
निकुञ्ज अवलोकनका लागि हाल भीमदत्त नगरपालिका १६ मझगाँउ बाट मात्रै रुट रहेको र अहिले बेलडाँडीदेखि समेत रुट निर्माण भईरहेको छ ।
यस अघि ०७५साल माघ पहिलो साता वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत र पुर्व खानेपानीमन्त्री एव तत्तकालिन क्षेत्र १की संसद बिना मगरले बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागिद्वारा शिलान्यास गरेका थिए ।
स्थानीयको माग अनुरुप निकुञ्ज विभागले बेलडाँडी भएर रुट संचालनका लागि अनुमती दिएको थियो ।
बेलडाँडीका स्थानीय समेत रहेका तत्तकालिन उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुन(अनन्त)का प्रेस सल्लाहकार रोशन खडका, कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापा सहितका सरोकारवालाले बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि रुट संचालनको पहल गर्दै आएका थिए ।
बेलडाँडीदेखि रुट निर्माण भएर प्रशासनिक रुपमा निकुञ्ज प्रवेसका लागि कामकाज अघि बढेसंगै दक्षिणी क्षेत्र मात्र नभई भारतीयदेखि अन्य क्षेत्रका पर्यटकलाई थप सहज हुनेदेखिन्छ । धनगढी विमानस्थलबाट दक्षिणी हुलाकी राजमार्ग भएर झण्डै ६५किलोमिटर दुरीमा रहेको बेलडाँडीदेखि निकुञ्ज छोटो दुरीमा रहेको हुँदा दक्षिणी प्रवेसद्वारबाट समेत पर्यटकको आवतजावत हुने छ ।
बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि रुट संचालनमा आएसंगै यस क्षेत्रको पर्यापर्यटनमा समेत प्रर्बद्धन हुनेछ ।
Discussion about this post