श्रीमतीलाई उपप्रधानमन्त्री र टिकापुरलाई जिल्ला घोषणा गरिदिन गठवन्धनसंग रेशमको माग

76
VIEWS

काठमाडौँ,
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आठ दलीय गठबन्धनभित्र ८ वटा माग अगाडि सारेको छ । (नाउपा)का संरक्षक रेशम चौधरीले गठबन्धनसामु ८ वटा माग अगाडि सारेका हुन् ।

आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार बिहान रेशम चौधरीलाई भेटेका थिए । रेशमलाई डिल्लीबजार कारागारमा पुगेका पौडेलसमक्ष उनले ८ वटा माग राखेका नउपाका एक नेताले बताए ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ । नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ । सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश नराख्नु पर्ने रेशमको माग छ । नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ ।

यस्तै सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने उनको माग छ । प्रदेशसभाको विगतको कार्यकालमा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने गरी प्रदेशसभाबाट पारित भएको थियो ।

यस्तै कैलालीको टीकारपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न माग रेशमले अगाडि सारेका छन । आठ दलीय गठबन्धनमा केन्द्रमा उपप्रधानसहित सहरी विकास मन्त्रालय र एक राज्यमन्त्री चाहिने उनको माग छ । रेशमले सरकारमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पठाउने सोच बनाएको पाइन्छ । रञ्जिता रेशमकी श्रीमती पनि हुन् ।

ती नेताका अनुसार लुम्बिनीमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री नाउपाले दाबी गर्ने छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार