बेलडाँडीको सम्बृद्धिका लागिा ईमान्दारितापुर्वक काम गर्न र भ्रष्टाचार बिरुद्धमा पहाड भएर उभिन निर्देशन
बेलडाँडी,
राष्ट्रिय स्वतन्त्र पाटी बेलडाँडीको सभापतिमा दिपक चौहन चयन भएका छन । शनिबार रास्वपा बेलडाँडीको प्रथम पालिका भेलाबाट सभापतिमा चौहना चयन भएका हुन ।
उप सभापतिमा बविता चन्द, कोषाध्यक्ष लोकेन्द्र सिह, सचिव पुष्कर बहादुर सिह, सदस्य पार्वती धामी, मान बहादुर सिह, गणेश राज उपाध्याय, तारा प्रशाद जोशी, बिर बहादुर रावत, सुमित जोशी र कविराज गिरी चयन भएका छन ।
रास्वपा पालिका भेलामा पाटी सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महताले राज्यबाट उपेक्षित गरिएको बेलडाँडीको बृद्धि विकासका लागि पाटीका तर्फबाट पहल गरिने प्रतिबद्धता दिएका छन ।
रास्वपा प्रदेश इन्चार्ज महताले बेलडाँडीको सीमा , हुलाकी सडक, गाँउमा संचालित विकास निर्माणमा पूर्वाधार एव समग्र नागरिकका समस्या बारे आफु जानकार भएकाले बताउँदै यस विषयमा सरकार उदाशिन रहेकाले पाटीबाट थप तत्त निकायबाट पहल गर्ने घोषणा गरेका छन ।
‘बेलडाँडीलाई उत्तरमा जिल्ला सदरमुकाम महेन्द्रनगर पुर्वमा प्रदेश मुकाम धनगढी जोडने गरी सात बर्ष अघि हुलाकी सडक ठेक्का भएपनि सरकारी स्तरबाट सडक निर्माण कार्य अझै सकिएको छैन, ‘इन्चार्ज महताले भने, ‘यसमा सरासर राज्यको कमिकमजोरी देखियो, ठेकेदार तह लगाउन सकेन ।’
बेलडाँडीमा थुप्रै सीमा समस्यादेखि भौतिक पूर्वाधार विकास निर्माण, सिँचाईका कारण खेतियोग्य उर्बराखेती बाँझै राख्नुपर्ने बाध्यता भएकाले सरकारले चासो समेत नदिएकाले पाटीबाट तर्फ उठान गर्ने बचन दिए ।
प्रदेश इन्चार्ज महता, केन्द्रीय सदस्य बिजय जैरु, कञ्चनपुरका अध्यक्ष पदम विष्टले पालिका पाटी समितिलाई सुशासन, दिगो विकास र बेलडाँडीको सम्बृद्धिका विषयमा ईमान्दारितापुर्वक काम गर्न र भ्रष्टाचार, अनियमितता बिरुद्धमा पहाड भएर उभिन निर्देशन एव सुझाव दिएका छन ।
Discussion about this post