बेलडाँडी,
पुनर्वास नगरपालिका वडा नं.३ मा जारी तेस्रो वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधी बेलडाँडीले उचालेको छ ।
पुनर्वा नगरपालिका वडा नं.३ कालिका युवा क्लबले फाल्गुन ८ गते देखि कालिका खेलमैदानमा आयोजना गरेको तेस्रो वडा स्तरिय फुटवल प्रतियोगिता २०७९ को उपाधी आज बेलडाँडी ५ झिलमिलाले उचालेको आयोजकले जनाएको छ ।
सनिवार आयोजक टिम कालिका युवा क्लब र बेलडाँडी ५ झिलमिला बीच भएको फाइनल खेलमा झिलमिला बिजयी भएको हो । खेलको निर्धारित समय सम्म १/१ गोलको बराबरी पछि पेनाल्टी सुटआउटबाट ३ गोलका बिरुद्ध ४ गोल गर्दै झिलमिला विजयी भएको हो ।
झिलमिलाले प्रथम पुरस्कार ट्रफी नगद १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गरेको थियो भने उपविजेता आयोजक टिमले ५५ हजारमा चित्त बुझाउनु परेको थियो ।
विजेता हुने टिमका क्याप्टन मोहन गिरीले भने यो जितले आफुहरुलाई खेलकुदमा थप हौसला प्रदान भएको बताए ।
उहाँका अनुसार यसरी पटक-पटक हामीले कञ्चनपुरको खेलकुदमा अग्रता कायम गरी बेलडाँडीलाई खेलाडी उत्पादको थलो बनाउदा समेत सरोकार वाला पक्षबाट आफुहरुलाई हौसला प्रदान नगरिएको प्रति दुःख व्यक्त गर्नु भयो ।
यस्तै टिमका अर्का खेलाडी पदम राज उपाध्यायले भने बेलडाँडीमा खेलकुद समिति बन्दा समेत खेलाडीको हौसालाका लागि कुनै पहल नभएको बताए । उहाँका अनुृसार हामी केहि समय यता लगातार बेलडाँडीमा पनि राम्रा खेलाडी छन् भन्ने चिनाउदा समेत पालिकाले वास्ता नर्गनु प्रति चिन्ता व्यक्त गर्नु भयो ।
वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाले आफ्ना खेलाडीहरुले गरेको मेहिनेत सम्मानजनक भएको बताउदै हाम्रा खेलडाँडीका कारण आफुहरुको शिर ठाडो भएको बताए । खेलकुदलाई आफ्नो तर्फबाट उचाइमा पुर्याउन र बेलडाँडीमा खेलडाँडी उत्पादन गर्नमा वडा र आफ्नो तर्फबाट गर्न सकिने सहयोग गरिरहेको बताउदै यसमा पालिकाको समेत ध्यान जानुपर्ने जिकिर गरे ।
यस्तै आफ्ना खेलडाँडीले ३० टिमलाई उछाल मार्दै जितेको प्रति गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले खुसी व्यक्त गर्दै बधाईका साथै धन्यवाद व्यक्त गर्नु भयो । उहाँले भने खेलकुद विकासको लागि आफुले खेलकुद समिति बनाएको र खेलकुदको संरक्षण अव समितिले गर्ने बातारण श्रृजना भइरहेको जनाए । उनले भने पालिकाको टाउँको ठाडो पार्ने गरी खेलक्षेत्रमा हाम्रा खेलडाँडीले प्राप्त गरेको सफलतालाई उच्च सम्मान गर्दै भोली १२ बजे बधाई तथा सम्मान गर्ने बताउनु भयो ।
राम बहादुर तामाङको सभापतित्वमा समापन कार्यक्रममा प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री बिना मगर रहेका थिए । सो प्रतियोगितामा ३० टिमले सहभागिता जनाएका थिए ।
Discussion about this post