शुक्लाफाँटावासीको मर्म र भावना अनुसार काम गर्न कर्मचारीलाई नगर प्रमुख महराको निर्देशन

17
VIEWS

झलारी,

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले नगरवासींको भावना र मर्म अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

आज कर्मचारी नियमित बठैकमा बोल्दै उनले समृद्ध नगरपालिका बलाउन कर्मचारी र जनप्रतिनिधिले नगरवासीको भावना र मर्म अनुसार काम गर्नुपर्ने बताएका हुन्। ‘हामीले शुक्लाफाँटालाई सुन्दर र समृद्ध नगर बनाउने सपना देखाएका छौं,’ उनले भने, ‘त्यसका लागि कर्मचारीको सहयोग र सहकार्य आवश्यक छ, राम्रो गर्दै आउनुभएको छ, अझै राम्रो काम गर्नुहोस्।’

कर्मचारीले जनताको काम र गुनासोलाई सम्बोधन गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ। प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले नगरपालिकाबाट प्रबाह हुने सेवालाई चुस्तद्रुस्त बनाउन सबै विषयगत शाखाका कर्मचारीलाई निर्देशन दिएको बताए।

‘यो कार्यालायको नियमित बैठक हो, बैठकमा सेवालाई चुस्तद्रुस्त बनाउने, सेवाग्राहीलाई छिटोछरितो सेवा प्रबाह गर्ने, एक महिनामा भएका गतिविधिको समिक्षा र अगामी योजनाबारे छलफल भएको थियो,’ उनले भने।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार