बेलडाँडी,
हिजो विश्वभर १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको छ । हिजोको दिनलाई महिला अधिकार, महिला हक र महिला संघर्षको पर्यायवाचाीको रुपमा लिइन्छ ।
अरु दिनको तुलनामा हिजोका दिन महिला हक, अधिकार, सामाजिक न्याय र लैंगिक समानताको विषयमा चर्को आवाज उठाउने गरे पनि चुलोचौंकोमा रहेका महिलाहरुमा यो आवाज कहिले पुग्ने गरेको छैन् ।
अन्यत्र झैँ नेपालमा पनि हरेक वर्ष नारा र अगुवा महिलाहरुले मात्र सीमित रुपमा नारी दिवस मनाउदै गएका छन् । महिला अधिकार पुरुष सरह अर्थात् बराबरीको हैसियत र समानतामा आधारित हुनुपर्ने भनिए पनि त्यसमा असमानता रहेका कारण महिला अधिकारको कुरो उठेको हो । यी सबै सन्र्दभलाई जोडेर हरेक वर्ष अंग्रेजी क्यालेण्डरको मार्च ८ तारिखका दिन नारी दिवस मनाइन्छ ।
तर, महिलाको पीडा, समस्या अहिले पनि उस्तै छ । अधिकांश महिला हिजोका दिन पनि आफ्नै घरपरिवारबाट मानसिक तथा शारीरिक रुपमा पीडित हुने गरेका छन् । हिजोका दिनमा त्यसबारे चर्का कुरा गरिए पनि बाँकी ३ सय ६४ दिन उनीहरुको आवाज सुन्ने कसले ? अधिकारका कुरा जति गरे पनि नारीको पीडा, व्यथा सुन्ने निकायको कमी रहेको बेलडाँडीमा महशुस गर्न थालिएको छ । यसै समाजमा पनि दिनहुँजसो कुनै न कुनै घटनामा महिला पीडित भएको खबर बाहिरिने गरेको छ । तर त्यसप्रति कसले ध्यान दिने ?
२१ औँ शताब्दीमा आइसक्दा पनि महिला र पुरुषको सामाजिक हैसियतमा समानता देखिँदैन कहिकतै देखिएपनि त्यो सिमित टाठाबाठा, नेता, कर्मचारी, अगुवा, हुनेखाने महिलामा मात्र देखिन्छ । कतिपय अवस्थामा अगुवा गर्ने महिला पुरुषबाट उनीहरुलाई दवाएर राखेको देखिन्छ ।
‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ हिजो अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको थियो । यसरी एक शताब्दीदेखि मनाउन थालिएको उक्त दिवसले पुरुष र महिलाबीचको खाडलमा तात्विक परिवर्तन ल्याउन सकेको देखिँदैन ।
संयुक्त राष्ट्र संघको निर्णयानुसार सन् १९०९ (वि.सं.१९६६) देखि संसारभरका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेका अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्पराको थालनी गरिएको हो । उक्त अभियान थालनी हुँदा सन् १९०९ सम्म संसारमा नारीलाई मत दिने अधिकार अहिलेका विकसित भनिएका कतिपय मुलुकमध्ये न्यूजिल्यान्ड, अष्ट्रेलिया र फिनल्यान्डमा मात्र सीमित थियो ।
त्यसपछि नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिन संयुक्त राष्ट्र संघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएपछि अन्य मुलुकमा पनि महिलालाई मतदान अधिकार प्राप्त हुन थालेका हो । नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ सालदेखि नै नारीलाई मतदानको अधिकार प्रदान गरिएको थियो । त्यसअघि नेपालमा मतदानको व्यवस्था नै थिएन ।
अर्कोतर्फ संसारका मुलुकले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ मा तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमित रुपमा यो दिवस मनाउन थालिएको हो ।
विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थालेको निश्चित हो । तर ती नारीहरु श्रमिक, चुलोचौकोमा सिमिति रहेका भन्दा पनि कर्मचारी, जनप्रतिनिधी, अगुवा नारीहरु मात्र दे्खिने गरेका छन् । श्रम गर्ने महिला, चुलोचौकोमा रहेका महिलाहरुलाई ती अगुवा गर्ने महिलाहरुले अगाडी ल्याउने प्रयत्न नगरेका कारण तिनीहरुलाई के हो नारी दिवस थाहै हुदैन् । ति नारीहरुलाई के हो आफ्नो अधिकार थाहाँ नभएका कारण घरेलु हिंसाबाटै पीडित रहेको तथ्यले देखाउँदा समेत उनीहरुलाई माथी उकास्न जोडदार ढंगले कोहि लागेको देखिदैन् ।
यस्तै बेलडाँडी ४ की गोमती धामी भन्नु हुन्छ हामीलाई के हो नारी दिवस ? के हो महिला अधिकार ? थाहाँ हुदैन यहाँ सिमित जान्ने सुन्नेले मात्र यो दिवस मनाएको थाहाँ पाइन्छ । यस विषयमा समाजका अगुवाई गर्ने महिलाले समेत यो विषयमा जानकारी गराउनु हुदैन । बेलडाँडीका हामी जस्ता ८० प्रतिशत भन्दा बढी महिलाहरु चुलोचौकामा मात्र सिमित भएको बताउछन् । महिला हक अधिकारका कुरा गरे समाजले हेर्ने दृष्टिकोण बदल्छकी भन्ने डरले समेत आफुहरु पछाडी परेको उनको भनाई छ ।
यस्ता कार्यक्रम कर्मचारी, जनप्रतिनिधी, अगुवा महिलाहरुमा सिमित गर्नुभन्दा पनि तलतल चुलोचौको, मजदुरी गर्ने महिलाहरुमा समेत पुग्ने गरी कार्यक्रम गर्नुपर्ने विज्ञहरु बताउछन् । हिंसा, शोषणमा अधिकांस पहुँच नभएकाहरु पर्ने हुदा यीनिहरुको पक्षमा अगुवाई गर्ने जनप्रनितिधीहरुले समेत यस्ताहरुको पक्षमा काम नर्गन सकेको हिजोको कार्यक्रमले देखाएको छ ।
हिजो बेलडाँडीमा मात्र यो दिवस दुईठाउँमा मनाइएको छ । एमाले निकटका महिलाहरुले छुट्टै कार्यक्रम गरेपनि उनीहरुले गरको कार्यक्रममा समेत अगुवाई गर्नेहरुको अनुहार मात्र देख्न सकिन्थ्यो ।
Discussion about this post