कञ्चनपुर,
आउँदो चैत्र ५ र ८ कञ्चनपुरका विभिन्न क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचनमा नेवि संघले अन्य संगठनसंग गठबन्धन गरेको भन्दै एक नेवि संघ पक्षले पाटी कार्यालयमा तालाबन्दी गरेको छ ।
कृष्ण पाण्डे पक्षधरको नेवि संघले नेपाली काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेको हो । पाण्डे पक्षधर नेवि संघले शनिबार जिल्ला पाटी कार्यालय महेन्द्रनगरमा अनिश्चिकालित तालाबन्दी गरेको जनाएको छ ।
नेवि संघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेले यस अघि कुनैपनि संगठनसंग गठबन्धन नगरेर चुनावमा जाने सहमती भएपनि नेवि संघले केही क्याम्पसमा तालमेल गर्न लागेपछि पाटी कार्यालयमा तालाबन्दी गरिएको बताए ।
नेवि संघले जनता बहुमुखी क्याम्पस पुर्नवास सहितका केही क्याम्पसमा एमाले निकट अनेरास्ववियूसग तालमेल गरेको छ ।
पाटी कार्यालयमा तालाबन्दी पछि नेवि संघ कञ्चनपुरका अध्यक्ष पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा नेवि संघको भावना विपरित गठबन्धन गर्ने निर्णयले मनोबल घटाउनेदेखि संगठन ध्वस्थ पार्ने भन्दै त्यस बिरुद्धमा पाटी कार्यालयमा तालाबन्दी गरिएको जनाएको छ ।
Discussion about this post