लियो जिल्ला परिषद् ३२५ एन को उपाध्यक्ष गिरी निर्वाचित

धनगढी,

लियो जिल्ला परिषद् ३२५ एन को उपाध्यक्षमा महेन्द्रनगरका मदन गिरी निर्वाचित भएका छन् ।

 

शनिबार धनगढीमा सम्पन्न भएकाे पहिलो जिल्ला सम्मेलनबाट गिरी अत्यधिक मतका साथ उपाध्यक्ष निर्वाचित भएका हुन् ।

लियो जिल्ला परिषद् ३२५ एन का जिल्ला सचिव समेत रहेका गिरी लायन वर्ष २०२३/०२४ को उपाध्यक्षका लागि निर्वाचित भएका हुन् ।

सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स ईन्टरनेसनल अन्तरगत रहेको लियो क्लबले समाज सेवासँगै युवामा नेतृत्व तथा क्षमता विकासका लागि काम गदैँ आएको छ ।

निर्वाचित भएपछि उपाध्यक्ष गिरीले लियोको बृहत्तर विकास र विस्तारसँगै परिषद्लाई बलियाे बनाउने गरि काम गर्ने बताए । उनी करिब एक दशकदेखि लियाेमा सक्रिय रहेका छन ।

सन् २०१५ देखि लियोमा आवद्ध रहेका गिरीसँग लियो क्बल अध्यक्ष, जिल्ला परिषद् निर्देशकसहित लामो समय बोर्डमा रहेर काम गरेको अनुभव छ ।

धनगढीमा भएको सम्मेलनमा दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरलगायतका लियो क्बलका प्रतिनिधि तथा सदस्यहरुकाे सहभागीता रहेको थियो । त्यस्तै परिषदकाे अध्यक्षमा नेपालगन्जका विवेक श्रेष्ठ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित