शुक्लाफाँटामा निर्णय धमाधम, अगाडि बढ्यो खानेपानी र कभर्ड हलको काम

9
VIEWS

झलारी,

शुक्लाफाँटा नगरपालिकाले दीर्घकालीन महत्वका दुई ठूला योजनाको काम अगाडि बढाउने भएको छ।

 

खानेपानी र खेलकुद क्षेत्रका ती योजना सम्पन्न गर्न ठेक्का प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ। शुक्लाफाँटा नगरपालिकाको आइतबार बसेको नगर कार्य पालिकाको १३९ औँ बैठकले खानेपानी र कभर्ड हल निर्माणका लागि ठेक्का खोल्ने निर्णय गरेको हो।

 

‘आर्थिक वर्ष २०७९/०८० को संघ समपूरक अनुदानबाट स्वीकृत कार्यक्रम अन्तर्गत वडा नं. २ को खानेपानी योजनाका लागि करिब ७ करोड ३९ लाख बराबरको लागत अनुमान स्वीकृत गरी बहूवर्षे ठेक्का प्रकृया अगाडि बढाउने निर्णय गरियो,’ नगर प्रवक्ता लालबहादुर ऐरले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

 

यस्तै नगरस्तरीय कभर्ड हल निर्माणका पनि पालिकाले ३ करोड ४६ लाख रुपैयाँको ठेक्का लगाउने भएको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार