एमाले बेलडाँडीले गर्यो ४ नं. वडाबाट घरदैलो कार्यक्रम

बेलडाँडी,
आसन्न ३० गते हुने निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न नेकपा एमाले बेलडाँडीले घरदैलो कार्यक्रम शुरु गरेको छ । बेलडाँडी गाउँपालिका वडा नं.४ मा हिजो देखि घर दैलो कार्यक्रम आयोजना गरेको नेकपा एमाले बेलडाँडी इन्चार्ज गणेश प्रसाद उपाध्यायले जानकारी गराउनु भयो ।

उहाँका अनुसार पार्टीले जित्नु हामी सबैको जित भएकाले ७ सुर्यमा ७ छाप लगाउन सबैमा आग्रह गर्नु भयो । अक्कल बहादुर बिष्टको अध्यक्षतामा गाउँपालिका टिम बनाउनु पर्ने बताउदै सबैपक्षबाट सहयोगको अपेक्षा गरिएको छ ।

पहिलो पटक पनि बेलडाँडीमा ठुलो काम भएको जनाउदै गाउँपालिकाद्धारा यत्रो क्याम्पस विद्यालय, स्वास्थ्य, खानेपानी संञ्चालनमा आएको बताउदै केहिदिन भित्रै हातहातमा जग्गा धनी पुर्जा, खानेपानी घरघरमा पुर्याउने जनाउनु भयो ।

उपाध्यायले भने अव बेलडाँडी गाउँपालिकामा हाम्रो टिमलाई जिताएर पठाउनु होस् हामी समृद्ध बेलडाँडीको पक्षमा लम्कि सकेको बताए । हामै कारण आज दैजी बेलडाँडी सडक खण्ड बन्न लागेको जनाए । बेलडाँडीका केहि व्याक्तिहरुले बेलडाँडीको नामोनिशान मेटाउन लाग्दा हाम्रो टिमले छुट्टै बेलडाँडीको अवधारण ल्याएको बताउदै शिक्षा क्षेत्रमा भ्रष्ट गर्नेहरुनै अध्यक्षको दावी गर्न आएका छन् यी बाट सबैले सचेत हुनुपर्ने बताए ।

एक चरण सबै वडामा घरदैलो कार्यक्रम सकेर अर्को चरणमा अन्य कार्यक्रमहरु गर्ने रुट रहेको जनाउदै सात सुर्य सात छाप लगाइ सबै एमालेका उम्मेदवारलाई जिताउनु होस हामी बेलडाँडीलाई नमुना बेलडाँडी बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित