कञ्चनपुर,
पूर्व जनमुक्ति सेना नेपालले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको छ ।
पूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरले विभिन्न ९ बुँदे माग अघि सारेर प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । बाह्र बुँदे सहमती, विस्तृत शान्ति सम्झौताको भावना अनुरुप जनयुद्धकालिन मुद्दा सत्यनिरुण तथा मेलमिलाप आयोग मार्फत टुङग्याउनुपर्ने लगायतको माग अघि सारेको छ ।
पुर्व जनसेना लक्ष्मण कुमाल, राम बहादुर देउकर(रक्तबिज)ं सहितका जनमुक्ति सेनाका कमाण्डरले प्रमुख जिल्ला अधिकारी गोपाल प्रंशाद अर्यालाई ज्ञापन पत्र बुझाएका हुन ।
पूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरका संयोजक लक्ष्मण कुमाल(माईल)द्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा सामन्ती राजतन्त्र व्यवस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न महात्वपूर्ण भूमिका निर्वाह गरेको जनमुक्ति सेनालाई राष्ट्रिय सेना घोषण गर्नुपर्ने जनयुद्धका क्रममा मारिएका सम्पूर्ण योद्धाहरुलाई राष्ट्रिय सहित घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।
घाईते अपाङ्गको उपचार, वेपत्ताको खोजी, जनयुद्धका योद्धाहरुलाई उचित व्यवस्थापन सम्मान, राष्ट्रिय सुरक्षामा आँच आउने गरी विदेशी शक्तिहरुको चलखेल बन्द गर्नुपर्ने, स्वदेशमै लगानी बृद्धि गर्नुपर्ने, भ्रष्टाचार, कमिसनसनतन्त्र अनियमितता अन्त्य गर्नुपर्ने लगायतका माग अघि सारिएका छन ।
Discussion about this post