परशुराममा जारी भलिबल प्रतियोगितामा शुक्लाफाँटा फाइनल प्रवेश

32
VIEWS

झलारी,

परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजनामा भइरहेको अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका टिम फाइनल प्रवेश गरेकाे छ।

आज भएको महिलातर्फको भलिबल प्रतियोगितामा भागेश्वर माध्यमिक विद्यालयलाई हराउँदै शुक्लाफाँटा फाइनल प्रवेश गरेकाे हाे।

सेमिफाइनल खेलमा शुक्लाफाँटाले भागेश्वरलाई ३–० सेटमा हराएको छ। अबकाे खेल बैतडी र सीवाइसी अत्तरियाबीच हुनेछ। त्यस खेलकाे विजेतासँग शुक्लाफाँटाले खेल्नेछ। भलिबल प्रतियोगितामा महिलातर्फ ९ टीमको सहभागिता थियाे।

महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ सय ११, द्धितियले २५ हजार १ सय ११ र तृतिय हुने टीमले १३ हजार १ सय ११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार