झलारी–बेलौरी ३३ के.भी. नयाँ लाई शुक्रवार देखि शुरु, पहिलाको जस्तो विद्युतमा समस्या नआउने ः बेलौरी वितरण केन्द्र

74
VIEWS

बेलडाँडी,
झलारी – बेलौरी ३३ के.भी. नयाँ निर्माण गरिएको लाईन मार्फत शुक्रवार साँझ देखि विद्युत सप्लाई सुरु भएको छ ।

 

बेलौरी वितरण केन्द्रले आफ्नो फेसबुक साईट मार्फत यो कुरा जानकारी गराएको छ । कार्यालयले यस्तो भनेको छ । बेलौरी ३३ के.भी.लाईन पुरानो एबम् जीर्ण हुँदै गईरहेको, अधिकांश जंगलमा पर्ने कारणले बेला बेलामा फल्ट भइरहने तथा ग्राहकको संख्या सँगै लोड उलेख्य रूपमा बढ्दै गइरहेको सन्दर्भमा भरपर्दो र नियमित सेवा प्रवाहका लागि सुरु गरिएको झलारी – बेलौरी ३३ के.भी. लाईन अपग्रेड कार्य सम्पन्न भई नयाँ निर्माण गरिएको लाईन मार्फत आज साँझ देखि विद्युत सप्लाई सुरु भएको छ ।

अब उपरान्त कलुवापुर सब स्टेसनमा नयाँ निर्माण गरिएको बेलौरी फिडर मार्फत कलुवापुर – बन्शाह सडक छेउ हुँदै पुरानो लाइनको भरपर्दो विकल्पका रूपमा नयाँ निर्माण गरिएको ३३ के.भी. लाईन मार्फत विद्युत सप्लाई सुरु हुँदै गर्दा जंगलको कारण बेला बेलामा लाईन फल्ट हुने समस्या समाधान हुने र फल्ट भएको खण्डमा समेत लाईन पेट्रोलिङ गर्न जंगलका कारण लाग्ने गरेको समयको समेत बचत भई तुरुन्तै लाईन नियमित गर्न सहजता हुने अपेक्षा गरेका छौ ।

गुणस्तरीय विद्युत सेवा प्रवाह गर्नु नै हाम्रो पहिलो र अन्तिम लक्ष्य हो । माथि उल्लेखित कार्यका दौरान यहाँहरुमा पर्न गएको असुविधाका लागि क्षमा माग्दै हाम्रो सेवा लाई प्रभावकारी र गुणस्तरीय बनाउन यहाँहरुको सकारात्मक र रचनात्मक साथ र सहयोगको बेलौरी वितरण केन्द्र सदैव अपेक्षा गर्दछ । धन्यबाद !

विद्युत कार्ययको यो कार्यले बेलडाँडी, बेलौरी, बन्साह, पुनर्वास, लालझाडी लगायतका स्थानीय वासीहरु खुसी भएका छन् । स्थानीयहरुले आभारी प्रकट गरेका छन् । अव नियमित बक्ति आउने अपेक्षा गरिएको छ । विगत लामो समय देखि कञ्चनपुरको दक्षिणी क्षेत्रमा कुकुरले विजुलीको पोलमा पेसाव फेरेपनि बक्ति जाने थियो यो समस्या समाधान भएको खवरले सबै हर्षित भएका छन् ।

बेलडाँडीका स्थानीयहरुले दैजी बेलडाँडी सडक खण्डको बाटो भएर बेलडाँडीमा विद्युत सप्लाई हुनुपर्ने माग गर्दै आएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार